काठमाण्डौ । ब्रिटेन इयूबाट बाहिरिने(बे्रक्सिट) फैसलापछि अन्तर्राष्ट्रिय र आन्तरिक बजारमा सुनको भाउ बढिरहेको छ । वल्र्ड गोल्ड काउन्सिल(डब्ल्यूजीसी)को एक ताजा रिपोर्टका अनुसार आगामी दिनमा समेत सुनको मूल्य तीव्र गतिमा उकालो लाग्नसक्छ । डब्ल्यूजीसीको भनाईमा यो वर्षको अन्तसम्ममा सुनको मूल्य प्रतिग्राम ५४ हजारको हाराहारीमा पुग्नसक्छ । 

डब्ल्यूजीसीको रिपोर्ट अनुसार बैंक अफ इंग्ल्याण्ड र ब्रिटेनको केन्द्रीय बैंकले सुनको अन्य सुरक्षित खरिदारीमाथि रोक लगाइदिएको छ । यो कारणले बजारमा भनेजति सुन नपाएर यसको मूल्य आगामी दिनमा तीव्र रफ्तारले उकालो लाग्नसक्छ । यी बैंकहरुका अनुसार सुनबाहेक डलर र जापानी येनलाई सेफ हेवन खरिदारी(सुरक्षित खरिदारी) मानिन्छ । तर, बैंकहरुले डलर र जापानी येनमा पनि सीमा लगाइदिएका छन् । यी कारणले समेत सुनको मूल्यमा अझ तेज बढोत्तरी देखिनसक्छ । 

ब्रेक्सिटपछि नेपाली रुपैयाँको अवमूल्य निकै तीव्र गतिमा भइरहेको छ । डलरको भाउ १०९ रुपैयाँ माथि पुगिसकेको छ । यो कारणले करेन्सी मार्केटमा उतारचढाव भइरहनेछ । ब्रेक्सिटको फैसलापछि पाउण्डमा ३१ सालकै सबैभन्दा ठूलो गिरावट आएको थियो । यसको असर भारतीय मुद्रामा परेको र त्यहाँको उतारचढावले नेपाली मुद्रामा समेत असर देखिएको छ । भारतसँगको स्थिर विनिमय दरका कारण समेत भारतीय मुद्राको मूल्य बलियो वा अवमूल्यन हुँदा त्यसको स्वतः असर नेपाली रुपैयाँमा पनि पर्ने गर्छ । ग्लोबल मार्केटदेखि नेपालसम्म भइरहेको मुद्रामा उतारचढावले सुनलाई फाइदा पुग्नेछ । 

आगामी दिनमा यूरोपियन युनियन र बेलायतको केन्द्रीय बैंकले आफ्नो अर्थतन्त्र बिस्तारका लागि राहात प्याकेज र मौद्रिक नीतिमा विशेष जोड दिनेछन् । यस्तो कामबाट सुनलाई सपोर्ट मिल्नेछ । यसले सुन सञ्चितीको खर्च घट्नेछ र यस्तो अनिश्चितताले भरिएको माहौलमा सुन एक आकर्षक लगानीको क्षेत्र बन्नसक्छ । 

ब्रेक्सिटपछि  ग्लोबल मार्केटमा अनिश्चितताको माहौल छाएको छ, यस्तो माहौलबाट सुनको मूल्यलाई सपोर्ट हुनसक्छ । २०१६ को अन्तिम समयसम्ममा सुनको मूल्य नेपाली बजारमा प्रति १० ग्राम ५५ हजारसम्म पुग्नसक्छ । यसैगरी, अन्तर्राष्ट्रिय बजारमा सुन प्रति औंश १४७५ डलरसम्म पुग्नसक्छ । 

विश्वभरि सुनको अधिक मागका कारण विश्वकै सबैभन्दा ठूलो गोल्ड इटीएफ फण्ड एसपीडीआरको होल्डिङ क्षमता ६३० टनबाट बढेर ९३४ टन पुगिसकेको छ । सुनमा लगानी बढ्ने कारणले आगामी दिनमा सुनमा बढोत्तरी जारी रहनसक्छ । 

वल्र्ड गोल्ड काउन्सिलका अनुसार विभिन्न देशका पेन्सन फण्डहरुले सुनमा लगानी गर्न सक्छन । यो कारणले समेत अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा उछाल आई त्यसको प्रभाव नेपालजस्तो देशमा पनि पर्नसक्छ । 

ब्रेक्सिटपछि  ग्लोबल मार्केटमा अनिश्चितताको माहौल छाएको छ, यस्तो माहौलबाट सुनको मूल्यलाई सपोर्ट हुनसक्छ । २०१६ को अन्तिम समयसम्ममा सुनको मूल्य नेपाली बजारमा प्रति १० ग्राम ५५ हजारसम्म पुग्नसक्छ । यसैगरी, अन्तर्राष्ट्रिय बजारमा सुन प्रति औंश १४७५ डलरसम्म पुग्नसक्छ । 

यो वर्ष हुन लागेको अमेरिकी राष्ट्रपतिको चुनाव र चीनको कर्जाको स्तरमा भइरहेको बढोत्तरी लगानीकर्ताका लागि चिन्ताको बिषय हो । यसका कारण डलर अझ कमजोर हुनसक्ने आशंका गर्न सकिन्छ । यसको सोझो फाइदा सुनलाई हुनजान्छ । यस्तो बेलामा लगानीकर्ताका लागि सुन एक आकर्षक लगानीको रोजाई बन्नसक्छ । 

ब्रेक्सिटपछि  ग्लोबल मार्केटमा अनिश्चितताको माहौल छाएको छ, यस्तो माहौलबाट सुनको मूल्यलाई सपोर्ट हुनसक्छ । २०१६ को अन्तिम समयसम्ममा सुनको मूल्य नेपाली बजारमा प्रति १० ग्राम ५५ हजारसम्म पुग्नसक्छ ।

सुनमा भइरहेको मूल्यवृद्धिबाट सुन उत्खनन् गर्ने कम्पनीहरुको सेयर मूल्य उकालो लागिरहेको छ । सुनको मूल्य बढेसँगै यी कम्पनीहरुको उत्पादन खर्च पनि केही कम भएको छ । भनिन थालिएको छ कि धेरैवटा सुन उत्खनन् गर्ने कम्पनीहरुले आफ्नो ऋण तिरेर मुनाफाको अवस्थामा पुग्न बेरलाग्ने छैन । यसकारण यी कम्पनीहरुले आगामी दिनमा तरलताकै समस्याका  कारण घाटामा सुन बिक्री गर्नुपर्ने आवश्यकता पर्ने छैन । 

ब्रेक्सिटपछि चीनको संघाई गोल्ड एक्सचेञ्जमा सुनको सेगमेन्टमा एकैदिनमा ३४६ टनको वृद्धि देखिएको थियो । जब कि सामान्य अवस्थामा यसको क्षमता १०० टन मात्र हो । यसको अर्थ, आगामी दिनमा सुनको मूल्यमा भारी बढोत्तरी हुनसक्छ । 
अहिले विश्वका विभिन्न देशहरुमा देखिएको जियोपोलिटिकल तनावले समेत अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढाउनेछ । यसैगरी, नेपालमा आउन लागेका ठूला चाडपर्वका कारण समेत माग बढ्न गई सुनको मूल्य अझ बढ्नेछ । नेपालीहरुको महानपर्व तिज, दशैं तथा तिहार पनि आउने भएकोले आन्तरिक बजारमा सुनको भाउ अझ माथि पुग्नसक्ने देखिन्छ । 
बिजशाला/एजेन्सी