काठमाण्डौ । पूँजीगत लाभकर गणनाको लफडा अन्त हुने संकेत र बैंक तथा वित्तीय संस्थाहरुले राम्रो दरमा लाभांश वितरणको घोषणा गर्न थालेसँगै बजारमा त्यसको सकारात्मक प्रभाव देखिएको छ ।
राम्रा कम्पनीहरुको सेयर मूल्य न्यून विन्दूमा झरेको बेला खरीदको उपयुक्त अवसर समेत भएकोले बजारमा एकाएक खरीद चाप देखिँदा बजारमा दोहोरो अंकको उछाल देखिएको छ । बजार घटेर न्यून विन्दूमा झरेको अवस्थामा वाणिज्य बैंकहरुको सेयर मूल्य समेत निकै सस्तोमा पाइन्छ, यो अवसर लगानीकर्ताले अझै उठाउन सकेन बजारको यो बढोत्तरी अझै केही दिनसम्म निरन्तर हुनसक्छ ।
मंगलबार नेप्से परिसूचक २०.५७ अंकले बढेर ११९०.९० को विन्दूमा पुगेको छ । यो दिन बजारका सबै सूचकहरुमा हराभराको अवस्था देखिएको छ ।
परिसूचकसँगै कारोबार रकम समेत बढेकोले केही सकारात्मक आशा गर्न सकिने अवस्था सिर्जना भएको छ ।
राम्रा र बलिया कम्पनीले राम्र्रो लाभांश दिनसक्ने देखेपछि लगानीकर्ताले मरिहत्ते गरेर त्यस्ता कम्पनीको सेयरमा पैसा हाल्न थालेका छन् ।
परिणामस्वरुप सेन्सेटिभ इण्डेक्स ३.९३ अंकले बढेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा पनि १.६४ अंकको बढोत्तरी भएको छ ।
यो दिन म्युचुअल फण्ड र अन्य समूहको उपसूचकमा सामान्य गिरावट आए पनि बाँकी सबै समूहको सूचक बढेका छन् ।
बैंकिङ समूह १८.९८ अंकले बढेको यो दिन विकास बैंक समूह २१.५९ अंक, वित्त समूह ६.५७ अंक, माइक्रोफाइनान्स समूह ३३.४३ अंक, होटल समूह २३.६१ अंक, जलविद्युत समूह २१.९३ अंकले बढेका छन् ।
जीवन बिमा समूह १४५.५ अंकले बढेको यो दिन निर्जीवन बिमा समूहको उपसूचक १२३.५३ अंक र उत्पादन तथा प्रशोधन समूह ४७.९९ अंकले बढेका छन् ।
धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १७१ कम्पनीका २१ लाख ८४ हजार २७१ कित्ता सेयर ५१ करोड ५ लाख ५२ हजार ४१ रुपैयाँमा किनबेच भएको छ ।
सबैभन्दा बढी नेपाल बंगलादेश बैंकको ५ करोड ७२ लाख बढीको संस्थापक सेयर किनबेच भएको छ ।
नेपाल बैंकले ३ करोड ३३ लाख बढीको कारोबार गरेको यो दिन नेपाल लाइफ इन्स्योरेन्सले २ करोड २१ लाख, एनआइसी एशिया बैंकले २ करोड १९ लाख, सानिमा बैंकले १ करोड ७० लाख, कृषि विकास बैंकले १ करोड ५३ लाख बढीको कारोबार गरे ।
मेगा बैंकको १ करोड ५० लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा कुमारी बैंकले १ करोड ४९ लाख, प्रभू बैंकले १ करोड ३६ लाख र शिवम सिमेन्टले १ करोड ३५ लाख बढीको कारोबार गरे ।
धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन युनिभर्सल पावरका लगानीकर्ताले धेरै कमाए । यो कम्पनीको सेयरमूल्य ९.४६ प्रतिशतले बढ्यो ।
सिटी एक्सप्रेस फाइनान्सको सेयर मूल्यमा सबैभन्दा धेरै गिरावट आयो । यो कम्पनीको सेयर मूल्य ५ प्रतिशतको हाराहारीमा घट्यो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago