काठमाण्डौ । बजेटको मध्यावधि समीक्षापछि सरकारको पूँजीगत खर्चले गति लिने र बजारको समस्या समेत सम्बोधित हुने आशामा लगानीकर्ताले खरिदारी बढाएपछि बजारमा रौनक फर्किएको छ ।
बुधबार बजार खुलेदेखि नै बढ्न थालेको बजार अन्तिम समयसम्म बढोत्तरीको टेण्डमा थामिएपछि नेप्से परिसूचक १८.६९ अंकले बढेर १३१५.१३ विन्दूमा पुुगेको हो ।
सरकारले चालुु आर्थिक वर्षको बजेटको अपरान्ह ४ बजे मध्यावधि समीक्षा सार्वजनिक गर्दैछ । समीक्षापछि श्वेतपत्र जारी गरी पूँजीगत खर्चको गति बढाउने, बजारमा देखिएको तरलताको चरम अभावको समस्यालाई सम्बोधन गर्ने र सेयर बजारका अन्य समस्यालाई सम्बोधन गर्ने सरकारको तयारी छ । यही खबरका कारण समेत लगानीकर्ता सेयर खरीद गर्न हौसिएका हुन् ।
एकातिर सरकारले राम्रो नीति ल्याउने आशा लगानीकर्तामा सञ्चार भएको देखिन्छ भने यही अवस्थामा सेयरको भाउ घटेका कारण राम्रा कम्पनीको सेयर सस्तोमै उठाउन उनीहरु लागिपरेका देखिएको छ ।
कतिपय लगानीकर्ताहरुले सेयर बजारको लगानीलाई अनुत्पादक भन्ने अर्थमन्त्री डा. खतिवडाले मध्यावधि समीक्षामार्फत आफ्नो बोली सुधार गरी केही आशावादी सम्बोधन गर्ने विश्वास गरेका छन्।
बुधबार परिसूचकको तुलनामा कारोबार रकममा चाहि खासै बढोत्तरी भएन । यसको अर्थ बजारमा सेयर बिक्री गर्नेहरु रोकिएका र बजार घटेको बेला सेयर खरीद गर्नेहरुको सक्रियता बढेको भनी बुुझ्न सकिन्छ ।
बजार घटेर वर्षकै न्यून विन्दूमा झरेपछि सस्तो मूल्यमै राम्रा कम्पनीको सेयर किन्न पाइने भएपछि निस्क्रिय बसेका लगानीकर्ता समेत एकाएक सक्रिय बन्दा बजारमा हरियाली छाएको विश्लेषक बताउँछन् ।
यो दिन उत्पादनमूलकमा झिनो गिरावट भए पनि बाँकी सबै समूहको सूचक बढेको छ । उत्पादनमूलक २.३९ अंकले घट्यो । यो दिन बिमा समूहको सूचकमा झण्डै ३ प्रतिशतको वृद्धि भयो । यो समूह १६१.४३ अंकले बढ्यो । यस्तै, बैकिङ समूह १५.५५ अंकले बढ्यो भने विकास बैंक, माइक्रोफाइनान्स र बित्त समूहमा क्रमशः १९.९१, २५.६४ र ५.३३ अंकले बढोत्तरी भयो । होटल समूह २४.५६ अंकले बढ्यो भने व्यापार समूह ३.०४, जलविद्युत समूह ३०.७३ र अन्य समूह ३.०९ अंकले बढे ।
‘क’ वर्गका कम्पनीहरुमा लगानीकर्ताले खरीद चाप बढाउँदा यस्ता कम्पनीको कारोबार मापक सेन्सेटिभ इण्डेक्स ४.०३ अंकले बढ्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा १.४१ अंकको बढोत्तरी देखियो ।
धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ५८ कम्पनीका १० लाख ४७ हजार ४ सय ९४ कित्ता सेयर ४२ करोड ६८ लाख २१ हजार १ सय १८ रुपैयाँमा किनबेच भयो । यो दिन सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सले कारोबार गर्यो । यो कम्पनीको २ करोड ७८ लाख बढीको सेयर किनबेच भयो । यस्तै, नवील बैंकले २ करोड २२ लाख, सानिमा बैंकले १ करोड ८६ लाख, स्ट्याण्डर्ड चार्टर्डले १ करोड ८२ लाख, नागरिक लगानीकोषले १ करोड ७२ लाख, इन्भेष्टमेन्ट बैंकले १ करोड ५४ लाख बढीको कारोबार गरे । यस्तै, नेपाल बैंकले १ करोड ३८ लाख, एभरेष्ट बैंकले ८८ लाख, कुमारी बैंकले ८७ लाख बढीको कारोबार गरे ।
धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन तीन कम्पनीका लगानीकर्ताले पैसा छापे । स्वदेशी लघुवित्त बित्तीय संस्था, हिमालयन डिस्टीलरी र वोमी माइक्रोफाइनान्सको सेयरमूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भयो । रिदी हाइडोपावर कम्पनीको मूल्य ९ प्रतिशतको हाराहारीमा बढ्यो ।
यो दिन भार्गव विकास बैंकका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ४.२४ प्रतिशतले घट्न पुुग्यो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago