काठमाण्डौ । लामो समयदेखि बियरिस ट्रेण्डमा रहेको सेयर बजारमा बुधबार कारोबारको मध्यअवधिदेखि भने एकाएक बढोत्तरी देखियो । कारोबार सुरु भएलगत्तै पुरानै लयमा घटिरहेको बजारमा एकाएक हरियाली किन छायो होला ? एकाएक लगानीकर्तालाई उत्साहित बनाउने बिषय थियो सेयरको धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको धितोबापत शेयर मूल्याङ्कन गर्दा पछिल्लो १८० दिनको औसत मूल्यको ५० प्रतिशतसम्म ऋण दिन पाइने व्यवस्था परिवर्तन गरी ६५ प्रतिशतसम्म पुर्याउने व्यवस्था हुन लागेको तथा बैंकहरुलाई ब्रोकर लाइसेन्स दिने विषय समेत मौद्रिक नीतिले समेट्न लागेको हल्ला । यी दुई विषयले लामो समयदेखि पेनिक अवस्थामा रहेका लगानीकर्तामा आशाको सञ्चार गर्ने काम गरेको हो ।
लामो समयदेखि निर्माणको चरणमा रहेको मौद्रिक नीतिले बजार बुस्ट गर्ने केही महत्वपूर्ण व्यवस्था गर्न लागेको अपुष्ट खबरलाई पछ्याउँदै लगानीकर्ताहरुले एकाएक खरिदारी बढाएपछि बजार बढेर हराभरा भएको हो ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा समेत वृद्धि भएको छ भने नेप्से परिसूचक ८.०४ अंकले बढेर ११८८.४० को विन्दुमा फर्किएको छ । कारोबार रकम पनि बढेर २५ करोड माथि पुगेको छ ।
यो दिन बजारका सबै समूहको सूचक हराभरा भएका छन् । लगानीकर्ताले निकै धेरै दिनपछि बजार हराभरा भएको देख्न पाएका हुन् ।
यो दिन बैंकिङ समूह ४.९३ अंकले बढेको छ । यस्तै, बिमा, विकास बैंक र माइक्रोफाइनान्स समूहको सूचकमा क्रमशः ६०.८६, १३.८८ र १२.७६ अंकको बढोत्तरी देखिएको छ । यस्तै, होटल समूहमा २०.८६ अंकले बढेको छ भने जलविद्युत समूह १९.५८, बित्त समूह १.०५, उत्पादनमूलक १२.८६ र अन्य समूह ४.११ अंकले बढेको छ ।
यो दिन ‘क’ वर्गका कम्पनीहरुको कारोबार सुधार भएका कारण सेन्सेटिभ इण्डेक्स १.७ अंकले बढेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.६ अंकले बढेको छ ।
धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ६९ कम्पनीका ८ लाख ३३ हजार ८ सय ९१ कित्ता सेयर २५ करोड ३४ हजार ६ सय ९ रुपैयाँमा किनबेच भएको छ ।
सबैभन्दा बढी छिमेक लघुवित्त विकास बैंक लिमीटेडले १ करोड १४ लाख बढीको कारोबार गर्यो । यस्तै, नेशनल लाइफ इन्स्योरेन्सले १ करोड १३ लाख, नागबेली लघुवित्त विकास बैंकले १ करोड ८ लाख बढीको कारोबार गरे । नवील बैंकको १ करोड ६ लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा सानिमा माई हाइडोपावर कम्पनीले १ करोड बढीको कारोबार गरेको छ भने सनराइज बैंकको ८९ लाख बढीको संस्थापक सेयर समेत किनबेच भएको छ ।
यो दिन कुमारी बैंकले ७४ लाख, स्ट्याण्डर्ड चार्टर्डले ६५ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकले ६४ लाख र नवील बैंकले ५७ लाख बढीको कारोबार गरेका छन् ।
धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन किसान माइक्रोफाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाए । यो कम्पनीको सेयर मूल्य ६.०२ प्रतिशतले वृद्धि भयो । सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ५.२६ प्रतिशतले सम्पत्ति बढाएका छन् ।
यो दिन पनि रैराङ हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाए । यो कम्पनीको सेयर मूल्यमा यो दिन पनि मंगलबार झै १० प्रतिशतकै हाराहारीमा पहिरो गयो ।
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago