-धनकुमार राई
बेभ सिद्धान्तले बजार(5-3 )को कम्प्लिट वेभ साइकल फेरि त्यो भन्दा ठूलो वेभ साइकल(wave cycle)को संरचना बनाउन सहयोग गर्दै बजारको चक्र चलाइरहेको हुन्छ । समाचार तल प्रस्तुत गरिएको चित्रमा Wave I बनाउन बजारले ५ वटा (1)(2)(3)(4)(5) नियमानुसारको वेभ(wave) बनाएको देख्नसक्छौ । साथै ३ वटा करेक्सन वेभ(Correction Wave)-(A)(B)(C) पनि बनाएको छ । यसरी ५ वटा वेभलाई I भित्र र ३ वेभलाई II भित्र राखेर हेर्दा अब तेश्रो वेभले २१०० विन्दू नजिक(161.8% of wave I)लाई प्रक्षेपण गरिएको हो ।
तलको चित्रमा वेभको सुरुवात २०१२ मार्चमा भएको देखाइएको छ । चित्रमा देखाएअनुसार (1)(2)(3)(4)(5) को चाललाई पूर्णता दिंदै ४ वर्षपछि २०१६ को जुलाई महिनामा Wave 5 अर्थात १८८० को उचाई बनाई आफ्नो पाँचौ तथा अन्तिम Implusive Wave को अन्त गरेको देख्नसक्छौ ।
करेक्टिभ वेभ (A)(B)(C) बनाउने क्रममा जहाँ 2-13-2017 मा पहिलो करेक्टिभ वेभ(A) र 3-27-2018मा दोश्रो करेक्टिभ वेभ(C)-wave A को १०० प्रतिशत बराबर ११०० नजिक पूरा गरेकाले वेभ थियरी अनुसारको सम्पूर्ण मार्केट साइकल अन्त भई अब सिद्धान्ततः बजार फेरि पूर्ववर्ती धारमै फर्किन्छ भन्ने मान्यता रहेकोले बजारले उतारचढाव देखाए पनि अन्ततः देखाउन खोजिएको अनुसार आफ्नो तेश्रो वेभको प्रक्षेपित एक्सटेन्सन २१०० विन्दूलाई छुने म्याण्डेट प्राप्त गर्नैपर्छ भन्ने देखाउँछ ।
बिर्सन नहुने कुराहरु:
नेप्से कसरी २१०० को विन्दूमा पुग्नसक्छ, यो ग्राफ हेरौंः
(लेखक सेयर बजारका प्राविधिक विश्लेषक तथा अनुसन्धानकर्ता हुन्)
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19