काठमाण्डौ । यूूएस डलरसँग नेपाली रुपैयाँ ९ महिनाअघिकै उच्च अवमूल्यनमा परेको दुुई दिनपछि आइतबार केही सुधार भए पनि आगामी दिन खासै सन्तोषजनक नरहेको देखिन्छ । नोभेम्बर २५ का दिन नेपाल राष्ट्रबैंकले डलरको खरीद दर १०९ रुपैयाँ ६८ पैसा र बिक्री दर ११० रुपैयाँ २८ पैसा तोकेको थियो । पछिल्लो ९ महिनाको अवधिमा डलर यति माथि पुुगेको पहिलोपटक हो । जारी अंग्रेजी वर्षको फेब्रुुअरी २६, २७ र २८ का दिन समेत डलरको भाउ यही स्तरमा थियो । त्यसपछि घट्दै बढ्दै गरेको डलर ९ महिनाको अवधिमा नोभेम्बर २५ अघि कुनै पनि दिन यो उच्च स्तरमा पुुगेको थिएन । 

देशको आयात खर्चमा सबैभन्दा ठूलो हिस्सा पेट्रोलियम पदार्थको छ । यस्तो अवस्थामा डलरको भाउ मजबुत हुँदा पेट्रोलियम पदार्थ महंगो हुने संभावना रहन्छ । यसले आयात बजेट बढाई अर्थतन्त्रलाई नोक्सानी हुन्छ । फर्टिलाइजर, मेटल लगायत आयातजन्य उत्पादनहरुको भाउ समेत बढ्नेछ । यसले नेपालको व्यापार घाटा अझ बढाइदिनेछ । 

आखिर किन बढिरहेको छ त डलरको भाउ ? यसले कुन कुन क्षेत्रमा असर गर्ला ? हेरौं  :

ब्याजदर वृद्धि
अमेरिकामा डिसेम्बर अन्तमा ब्याजदर बढ्ने संकेत र डोनाल्ड टम्पको जितपछि लगातार डलर मजबुत भइरहेको छ । अमेरिकी केन्द्रीय बैंकले डिसेम्बर ब्याजदर बढाउने निर्णय गर्ने अधिक संभावना छ । यही संकेत पाएका लगानीकर्ताहरुले पछिल्लो समेत डलर सञ्चिती बढाएका छन् भने लगानीको क्षेत्र पनि परिवर्तन गरिरहेका छन् । यही कारण समेत डलर कयौं रेकर्डहरुलाई तोड्दै १३ वर्षको उचाईमा पुुगेको अन्तराष्टिय मिडिया रिपोर्टहरुमा उल्लेख छ । ग्लोबल मार्केटमै डलर मजबुत बन्दा त्यसको सोझो असर नेपालजस्तो मुलुकमा पर्ने निश्चित छ । 

विदेशी लगानीकर्ता पैसा झिक्दै
यस्तै, अन्तर्राष्ट्रिय क्षेत्रका सेयर बजारमा भइरहेको उच्च गिरावटका कारण बैंक र आयातकर्तातर्फ डलरको माग बढिरहेको छ । इक्वीटी मार्केटबाट धेरै विदेशी लगानीकर्ताले आफ्नो पैसा निकालिरहेका छन्, यस्तै लगानी घटेका कारण डलर थप मजबुत बन्दै गइरहेको छ । 

आयातमा आधारित क्षेत्रलाई घाटै घाटा
डलरको मजबुतीका कारण पेट्रोलियम पदार्थ, फर्टिलाइजर लगायत आयातमा आधारित क्षेत्रले घाटा व्यहोर्नुपर्ने छ । विदेशबाट आयात हुने सबै सामानको भाउ वृद्धि हुनेछ । यस्तै, सुनको मूल्यमा समेत डलरको भाउ बढ्दा असर पर्नेछ र समग्र सुनचाँदी व्यवसायले घाटा व्यहोर्नुपर्नेछ । अटोमोवाइल्स, इलेक्ट्रिक आइटम लगायतमा समेत भाउ वृद्धि भई ती क्षेत्रलाई घाटा हुनेछ । त्यति मात्र होइन, देशले लिएको वैदेशिक ऋणको लागत समेत बढ्नेछ । ऋण तिर्दा डलरमा तिनुपर्ने भएकोले यसको भाउ बढ्दा समग्र अर्थतन्त्रलाई समेत असर पुुग्नेछ । विज्ञहरुका अनुसार डलरको मजबुती आगामी दिन अझ जारी हुनसक्छ । 

तर फाइदा पनि छ..............
डलरको भाउ बढ्दा नेपालजस्तो रेमिटान्समा आधारित अर्थव्यवस्थालाई फाइदा पनि छ । विदेशमा नेपाली कामदारहरुले डलरमा भुक्तानी पाउने र उनीहरुले देशमा पैसा पठाउँदा त्यो बढेर आउनेछ । यसकारण, डलरको भाउ बढ्दा रेमिटान्स बढ्नेछ । निर्यातजन्य उत्पादन र सम्बद्ध क्षेत्रलाई समेत डलरको भाउ वृद्धिले फाइदा पुुग्नेछ । निर्यातजन्य उत्पादनको भाउ बढी त्यसले अर्थतन्त्रलाई थोरै भए पनि राहात दिनेछ ।