काठमाण्डौ । पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोख्रेल यसपालिको दसैँ आफ्ना लागि केही फरक र विशेष हुने बताउँछिन्।
पोख्रेल यसै वर्षमात्रै विवाह बन्धनमा बाँधिएकी हुन्। ‘त्यसैले यसपालिको दसैँ केही फरक हुनेछ’, उनी भन्छिन्, ‘पहिले दसैँ काठमाण्डौको मन्डिखाटारमा हुने गथ्र्यौं, यसपटक थानकोटमा हुनेछ।
अझ यसपटकको दसैँमा दक्षिणा लिनेभन्दा दिनुपर्ने धेरै हुने पोख्रेल बताउँछिन्। ‘विवाहपछिको पहिलो दसँै भएकोले केही फरक अनुभूति प्राप्त गर्नेछु’, उनले भनिन्।
पोख्रेलको विचारमा पनि दसैँ गाउँघरमै रमाइलो हुन्छ। उनको जन्मथलो महोत्तरीको बर्दिबास हो। बालपनको दसैँ सम्झिँदै उनी भन्छिन्, ‘पहिले–पहिले अहिलेजस्तो इन्टरनेटको जमाना थिएन। त्यसैले दिदीहरु काठमाण्डौँबाट गाउँमा आउँदाको क्षण मलाई निकै रमाइलो लाग्थ्यो, त्यो बेला भेटघाट अहिलेभन्दा महत्वपूर्ण हुन्थ्यो।’
दसैँमा पिङ खेल्न पोख्रेललाई निकै मन पर्छ। ‘यसपालि पनि थानकोटमा पिङ खोजेरै भए पनि खेल्नेछु’, उनी भन्छिन्।
दसैँ भनेको असत्यमाथिको सत्यको जीत पनि हो। ‘अहिले पुँजीबजार नीतिले प्रभावित बनेको छ’, त्यसलाई पुँजीबजारसँग जोडेर पोख्रेल भन्छिन्, ‘त्यसैले यो बेला लगानीकर्ताले कम खर्च गरेर सेयर होल्ड गर्नसके सत्यको विजय हुनेछ।’
दसैँ भनेको भेटघाट, ठूलाबडाबाट आशीवाद लिने साँस्कृतिक पर्वका रुपमा रहेको पोख्रेलको बुझाइ छ।
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago