बच्चाले आफूलाई आँखामा समस्या भएको बताउन सक्दैनन् । किनभने उसले थाहै पाउँदैन । तर, अभिभावकले उसको हाउभाउ र क्रियाकलाप हेरेर आँखामा समस्या आएको थाहा पाउनुपर्छ । कसरी थाहापाउने ? थाहापाउने केही लक्षण यसप्रकार छन् :

आँखा मिच्ने

निदाउने बेलामा आँखा मिच्नु सामान्य कुरा हो । तर, निन्द्रा नलाग्दा पनि बच्चाले  बारम्बार आँखा मिच्न थाल्यो भने निश्चय नै आँखा कमजोर भएको लक्षण हो ।

टाउको दुख्यो भन्नु

साँझपख सधैं टाउको दुख्यो भन्नु र आँखा रातो हुनु पनि आँखा कमजोर भएको लक्षण हो ।

एउटा आँखा हेर्ने अर्को चिम्लने

तपाईको बच्चाले सधैं एउटा आँखा बन्द गर्छ र अर्को आँखाले पढ्ने वा टेलिभिजन हेर्छ भने उसको आँखामा समस्या छ भन्ने बुझ्नुपर्छ ।

चम्किलो प्रकाश मन नपराउनु

यदिकुनै बच्चाको दृष्टिमा समस्या छ भने चम्किलो प्रकाशलाई मन पराउँदैन । न्यूनचम्किलो क्षेत्रमा पुग्दा तपार्इंको बच्चा रमाउँछ  ।

आधा आँखा बन्द गर्नु

प्रायबच्चाले झगडा गर्दा आधा आँखाले मात्र हेर्छन् । तर, यदि टेलिभिजन हेर्दा वा पढ्दा तपाईंको बच्चाले आधा आँखाले मात्र हेर्छ भने जान्नुुस् आँखाको उपचार गराउनु पर्ने भो ।

असामान्य रुपमा टाउको बंग्याउनु

बच्चाले एकातिर मात्र टाउको वंग्याएर हेरिरहेको त छैन ? बच्चाले बारम्बार यस्तै व्यवहार देखाउँछ भने अभिभावकले आँखा कमजोर भएको थाहा पाउनुपर्छ ।

कुनै बस्तुलाई अवलोकन गर्न धेरै नजिक पुग्नु

 आँखाको समस्या भएका अधिकांश बालबालिका टेलिभिजन हेर्दा निकै नजिक गएर हेर्ने वा कितावको पाना पनिआँखा नजिकै लैजान्छन् । उनीहरुले उचित रुपमा नदेख्ने भएकोले आँखा नजिकै लैजाने भएका हुन् ।

आँखाको गेडीको गतिविधि कमजोर

यदि बच्चाको आँखा कमजोर छ भने उसले आँखाको गेडी हल्लाउँछ र बच्चा पनि कुनै एउटा निश्चत ठाँउमा बस्न मान्दैन ।

आँखा रातो

बच्चाको आँखा बारम्बार रातो भएमा, आँखाको कोष बाहिरै देखिएमा वा हेदा आँखा तन्काएमा बच्चाको आँखा कमजोर छ वा चस्माको आवश्यकता छ भन्ने बुझ्नुपर्छ ।

-Agency