काठमाण्डौ । निषेधाज्ञाको समयमा घरमै बसी वर्क फ्रम होम, अनलाइन क्लास, वेबिनारजस्ता क्रियाकलापमा संलग्न हुनुपर्ने ग्राहकका लागि नेपाल टेलिकमले रिचार्ज विभिन्न तरिकाले गर्ने सुविधाहरु निरन्तर उपलब्ध रहेको जनाएको छ। भौतिक दूरी कायम गर्नुपर्ने हालको अवस्थामा एकअर्काबीच गिफ्टका रुपमा पनि केही सेवाहरु उपलब्ध गर्न तथा गराउन सकिने नेपाल टेलिकमले जनाएको छ।
यस्ता छन् प्रमुख विकल्पहरु
ब्यालेन्स ट्रान्सफर
नेपाल टेलिकम एपमा उपलब्ध ‘ब्यालेन्स ट्रान्सफर’ अप्सनबाट त्यहाँ दिइएको निर्देशनअनुसार ब्यालेन्स ट्रान्सफर गर्न सकिन्छ। प्रिपेड मोबाइल प्रयोगकर्ताले *422*Security Code*Mobile Number*Rupees# डायल गरेर पनि ब्यालेन्स ट्रान्सफर गर्न सकिन्छ। सेक्युरिटी कोड प्राप्त गर्नका लागि आफ्नो मोबाइलबाट SCODE लेखेर १४१५ मा एसएमएस गर्न सकिन्छ। यहाँ ब्यालेन्स ट्रान्सफर गर्नुपर्ने मोबाइल नम्बर र त्यसपछि आफूले पठाउन चाहेको रकम (रुपैयाँमा) उल्लेख गर्नुपर्छ। यस प्रक्रियामा प्रिपेड मोबाइलमा भएको ब्यालेन्स प्रिपेड वा पोस्टपेड दुवैमा ट्रान्सफर गर्न सकिन्छ।
रिचार्ज कार्डको प्रयोग
बजारमा उपलब्ध रिचार्ज कार्डको प्रयोग गरेर आफ्नो मोबाइलमा रिचार्ज गर्न *412*pinnumber# डायल गर्न सकिन्छ। यसैगरी अरु मोबाइलमा वा नेपाल टेलिकमका अरु सेवाहरु रिचार्ज गर्नुपरेमा *412# डायल गरी त्यहाँ दिइएको निर्देशनबमोजिम गर्नुपर्दछ।
गिफ्ट प्याकेज
नेपाल टेलिकमका सुलभ दरका भ्वाइस तथा डाटा सेवाहरु उपहारस्वरुप आफन्त वा साथीभाइलाई प्रदान गर्न सकिने सुविधा पनि उपलब्ध छ। यसअन्तर्गत निश्चित दिनका लागि भ्वाइस वा डाटा सेवा उपहारका रुपमा प्रदान गर्न सकिन्छ। नेपाल टेलिकम एपमार्फत गिफ्ट प्रदान गर्नका लागि त्यसमा भएको ‘गिफ्ट प्याकेजेज’ मा क्लिक गर्नुपर्छ। विभिन्न दरका डाटा र भ्वाइस प्याकेजको सूची हेरेर ‘डाटा’ लेखिएको एपमा गई कति एमबीको डाटा उपहार दिने हो निश्चित गर्नुपर्छ र ‘क्लिक टु सब्सक्राइब’ लेखिएको स्थानमा क्लिक गरी गिफ्ट दिन चाहेको मोबाइल नम्बर लेखी ‘ओके’ गर्नुपर्छ। यसैगरी ‘भ्वाइस’ क्लिक गरी भ्वाइस प्याकेज गिफ्ट दिन सकिन्छ।
यसैगरी http://offer.ntc.net.np/ मा गएर पनि रोजिएका प्याकेजहरु साथीभाइ र आफन्तलाई उपहारका रुपमा प्रदान गर्न सकिन्छ। यसरी गिफ्ट दिँदा गिफ्ट दिने व्यक्तिकै मोबाइलबाट ब्यालेन्स रकम काटिन्छ।
मोबाइल बैंकिङ
हाल अधिकांश बैंकहरुले मोबाइल बैंकिङ सेवा उपलब्ध गराएका छन्। मोबाइल बैंकिङबाट जुनसुकै नम्बरमा टपअप गर्न र ब्यालेन्स ट्रान्सफर गर्न सकिन्छ।
अनलाइन रिचार्ज
बजारमा किनेको रिचार्ज कार्डबाट आफन्त वा साथीभाइको नम्बरमा ब्यालेन्स पठाउनु परेमा नेपाल टेलिकमको साइटमा उपलब्ध अनलाइन रिचार्ज पोर्टलको प्रयोग गर्न सकिन्छ। यसका लागि रिचार्ज कार्डको पिन नम्बर, सिरियल नम्बर र रिचाज गर्नुपर्ने मोबाइल नम्बर आवश्यक हुन्छ। यसका लागि https://www.ntc.net.np/recharge लिंकको प्रयोग गर्नुपर्दछ। यही लिंकमार्फत आफूसँग रहेको मास्टर कार्ड, एटीएम कार्ड, भिसा र युनियन पेजस्ता कार्ड प्रयोग गरेर पनि आफ्नो वा आफन्तको मोबाइलमा रिचार्ज गर्न र बिल तिर्न सकिन्छ।
विभिन्न डिजिटल वालेटको प्रयोग
नेपाल वा नेपाल बाहिरबाट समेत विभिन्न एपको प्रयोग गरेर आफ्नो वा आफन्तको मोबाइल रिचार्ज गर्न सकिन्छ। हाल नेपालमा प्रचलित ई–सेवा, खल्ती, आइएमई पे, प्रभु पे आदि डिजिटल वालेट यसैका उदाहरण हुन्। विभिन्न डिजिटल वालेटको प्रयोग गरी नेपालमा रहेका आफन्तको मोबाइलमा रिचार्ज गरिदिने प्रचलन हाल बढ्दो छ।
एमपोस पिनलेस रिचार्ज
नेपाल टेलिकमले तोकेका सेवा प्रदायकहरु (जस्तै ः स्टेसनरी पसल) ले ग्राहकको मोबाइलमा सीधै ब्यालेन्स रकम ट्रान्सफर गरिदिने सुविधा पनि उपलब्ध छ। आफूले व्यालेन्स रकम हाल्न चाहेको मोबाइल नम्बर उपलब्ध गराएपछि सेवा प्रदायकले सीधै त्यही नम्बरमा रकम उपलब्ध गराउन सक्दछन्।
सेल्फ केयरको प्रयोग
नेपाल टेलिकमको वेबसाइट (www.ntc.net.np) मा रहेको सेल्फ केयर एकाउन्ट सेक्सनमा लग अन गरी यो सेवाको प्रयोग गर्न सकिन्छ। सेल्फ केयर अकाउन्ट प्रयोग गर्न सबभैन्दा पहिले रजिस्टर गर्नुपर्छ। रजिस्टर बटनमा क्लिक गरी त्यहाँ दिइएका विवरण अपडेट गरेपछि कम्पनीका विभिन्न सेवा उपयोग गर्न सकिन्छ। सेल्फ केयरमार्फत विभिन्न सेवामा रिचार्ज गर्न, ब्यालेन्स ट्रान्सफर गर्न र प्याकेज खरिद गर्न पनि सकिन्छ। यसैबाट आफन्त वा साथीभाइलाई प्याकेज गिफ्ट दिन, आफूले खरिद गरेका विभिन्न प्याकेजको जानकारी लिन र मोबाइलमा उपलब्ध ब्यालेन्ससम्बन्धी जानकारी लिन पनि सकिन्छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago