काठमाण्डौ । नेपालमा कोभिड संक्रमणदर घट्दै गएको देखिएको छ । एकसाता अवधिको आँकडा अध्ययन गर्दा पोजिटिभीटी दर घट्दो क्रममा गइरहेको देखिएको हो ।
गत शनिवार कोभिड पोजिटिभिटीदर ४४ प्रतिशतभन्दा माथि थियो, जुन घटेर शुक्रबार ३७ प्रतिशतमा सीमित बन्न पुगेको छ ।
गत शनिवार देशभर १८ हजार ५४८ नमूनाको परीक्षण हुँदा ८ हजार १ सय ६७ मा संक्रमण पुष्टि भएको थियो ।
शुक्रबार भने २३ हजार २२६ परीक्षण गर्दा ८ हजार ६०७ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।
यो बीचमा आइतबार समेत पोजिटिभीटी दर ३७.०५ प्रतिशत थियो । त्यसपछिका दिनहरुमा भने बढ्दो क्रममा थियो । जस्तो सोमबार ४१.८६ प्रतिशत रहेको यो दर मंगलबार घटेर ३९ प्रतिशत, बुधबार अझै घटेर ३७.४१ प्रतिशत र बिहीबार ३७.६० प्रतिशत रहेको थियो । सोमबारदेखि चाहि पोजिटिभीटी दर लगातार घटिरहेको देखिएको हो।
पोजिटिभिटी दर घट्दो क्रममा रहे भने मृत्यु हुनेहरुको संख्यामा भने उल्लेख्य गिरावट आउन सकेको छैन ।
निको हुने संख्या पनि बढ्दो क्रममै देखिएको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19