काठमाण्डौ। विश्वका अधिकांश देशहरु अहिले कोरोनाभाइरको महामारी फैलिन नदिने लकडाउनमा छन्।

लकडाउनलाई सफल पार्न देश र परिस्थितिअनुसार फरकफरक तरिका अवलम्बन गरिएका छन्। तर लकडाउनलाई सफल पार्न अहिले विभिन्न मुलुक अपनाइरहेका केही रोचक कदम सुन्दा वा पढ्दा आश्चर्य लाग्न सक्छ। केही त्यस्तै रोचक कदमका यहाँ हामीले चर्चा गर्ने प्रयास गरेका छौँ। 

पनामा : यो दशमा कोरोनाभाइरस संक्रमणका अहिलेसम्म १ हजार मामिला अगाडि आएका छन्। पानामा लकडाउन घोषणा गरिएको छ। तर यहाँको लकडाउन अन्य देशको तुलनामा अलि भिन्न छ। 

पनामा लैंगिक आधारमा लकडाउन घोषणा गरिएको छ। तर लकडाउनको अवधिमा दैनिक उपभोग्य वस्तु खरिद गर्नका लागि पनामा सरकारले लैंगिक सर्त अगाडि सारेको छ। 

सरकारले दैनिक उपभोग्य वस्तु खरिद बाहिर निस्किन साताका केही दिन महिलालाई र केही दिन पुरुषलाई छुट्याएको छ। जसअनुसार पुरुष मंगलबार, बिहीबार र शनिबारका दिन सामान किन्न घरबाहिर निस्किन पाउँछन् भने अन्य दिन महिला। 

तुर्कमेनिस्तान : तुर्कमेनिस्तानले कोरोना रोकथामका लागि निकै भिन्न कदम उठाएको छ। उसले कोरोना शब्दमै प्रतिबन्ध लगाएको छ। 

तुर्कमेनिस्तान क्रोनिकलको खबरअनुसार सरकारले आफ्नो हेल्थ इन्फोर्मेसन ब्रोसर्सबाट कोरोना शब्द नै हटाएको छ। यो देशमा यदि कसैले कोरोनाभाइरसका बारेमा कुरा गरेको पाइए वा मास्क लगाएर हिँडेको देखिए पक्राउ गर्ने आदेशसमेत सरकारले दिएको छ। 

तुर्कमेनिस्तानमा हालसम्म एकजना पनि कोरोनाभाइरसको संक्रमित भेटिएका छैनन्। जब कि यसको छिमेकी देश इरान कोरोनाबाट अतिप्रभावित छ। 

कोलम्बिया : यो देशका केही भागमा मानिसलाई उनीहरुको राष्ट्रिय परिचयपत्रको अन्तिम नम्बरका आधारमा घर बाहिर निक्लने सुविधा दिइएको छ। उदाहरणका लागि जसको परिचयपत्र ०, ४ वा ७ अन्तिम नम्बर छ उनीहरु सामान किन्न सोमबार निकिस्न सक्छन्। त्यस्तै जसको परिचयपत्रमा १, ५ वा ८ अन्तिम नम्बर छ उनीहरु मंगलबार सपिङ गर्न निक्लिन सक्छन्। 

आउने समयमा बोलेभियामा पनि यही नियम लागू हुने सम्भावना छ। 

सर्बिया : सर्बियामा लकडाउनको नियम झनै भिन्न छ। सर्बियामा लकडाउनको समयमा ‘डग वाकिङ आवर’ लागू गरिएको थियो। जसअन्तर्गत राति ८ बजेदेखि ९ बजेसम्म कुकुरलाई मासिनले बाहिर निकाल्न पाउँथे। तर केही पशु अधिकारवादीहरुले यसले गर्दा पशुहरुमा विभिन्न संक्रमण देखिने र त्यसबाट अरुमा पनि सर्ने भन्दै विरोध गरेपछि अहिले यो नियम हटाइएको छ।  

बेलारुस : बेलारुसका राष्ट्रपति पछिल्ला केही दिनमा निकै आलोचनाको सामना गर्नुपर्यो। ‘मैले त कुनै भाइरस देखेको छैन’, कोरोनाभाइरस रोकथामका लागि किन कुनै प्रयास गरेको भन्दै राखेको जिज्ञासा राष्ट्रपति एलेक्जेन्डर लुकेशले यस्तो जबाफ दिएका थिए। 

त्यस्तै आइस हक्की चलिरहेको बेला एक पत्रकारले राखेको यस्तो अवस्थामा खेल किन नरोकेको भन्दै जिज्ञासामा बेलारुसका राष्ट्रपतिले रंगशालामा कुनै समस्या छैन, किनिक यस्तो चिसोमा भाइरस फैलिँदैन भन्ने जबाफ दिएका थिए। 

बाँकी युरोपियन देशहरुमा सबै खेल स्थगित गरिए पनि बेलारुसमा भने निर्वाध रुपमा खेलहरु भइरहेका छन्। 

स्विडेन : आफ्ना छिमेकी मुलुकाको तुलनामा स्विडेनले पनि कोरोनाभाइरस रोकथामका लागि खासै कदम चालेको छैन। यद्यपि स्विडेनमा कारोनाभाइरस नदेखिएको भने होइन। हालसम्म त्यहाँ ४ हजारभन्दा बढी कोरोना संक्रमित देखिसकेका छन्। 

स्विडेन सरकारले समझदारीका साथ अगाडि बढे यसमाथि त्यत्तिकै विजय हासिल गर्न सकिने जनाएको छ। चौरतर्फी आलोचनापछि अहिले स्विडेनमा ५० जनाभन्दा माथिको भेलामा प्रतिबन्ध लगाएको छ। 

त्यसो त स्विडेनका स्कुलहरु खुलै छन्। पब र रेस्टुराँहरु पनि निर्वाध रुपमा चलेकै छन्। 

मलेसिया : मलेसियामा आंशिक लकडाउन गरिएको छ। यद्यपि मलेसिया सरकारको महिला मन्त्रालयद्वारा हालै अनलाइनमार्फत सार्वजनिक कार्टुन, जसमा महिलालाई मेकअप गर्न र सजिएर बस्न तर आफ्ना पतिहरुबाट पर रहन भनिएको थियो। जसका कारण मलेसिया सरकारले आम रुपमा माफी माग्नुपरेको थियो।

अस्ट्रिया : विश्व स्वास्थ्य संगठनका अनुसार स्वस्थ मानिसले मास्क लगाउनुपर्दैन। तर यदि कोही संक्रमितको रेखदेखमा खटिएको छ वा संक्रमित आसपास छ भने मास्क लगानुपर्छ। तर अस्ट्रियामा सुपरमार्केटमा जाँदा मास्क अनिवार्य गरिएको छ। 

पछिल्लो समय अस्ट्रियाका खुला स्थानमा मास्क लगाएर हिँड्ने मानिसको भीड देखिन थालेको छ। अस्ट्रिया हाल विश्वकै त्यो चौथो देश हो जहाँ सार्वजनिक स्थलमा जाँदा पनि मास्क अनिवार्य गरिएको छ। यसअघि चेक गणराज्य, स्लोभाकिया र हर्जगोविनामा यस्तो अनिवार्य गरिएको थियो। – एजेन्सी