काठमाण्डौ । सोसल मिडियामा कोरोनाभाइरसलाई लिएर भ्रामक खबरहरु भुसमा आगो सल्केझैँ फैलिन थालेका छन्। यस्तामा पाठकलाई केही सत्यतथ्य जानकारी दिन गइरहेका छौँ।

बीसीजी भ्याक्सिनका बारेमा भ्रामक दाबी

ह्वाट्सएपमा यस्ता सन्देशहरु फैलाउने काम भइरहेको छ। जसमा यस्ता दाबी गरिएका छन् कि बीसीजी भ्याक्सिन कोरोनाभाइरस संक्रमणलाई रोक्न छ। यो दाबी बिल्कुलै गलत हो।

बीसीजी भ्याक्सिन विशेष गरी क्षयरोग (टीबी) बाट बचाउनका लागि बाल्यावस्थामै दिन गरिन्छ।

सन् २००५ सम्म ब्रिटेनका स्कुले केटाकेटीबीच आमबिरामीका रुपमा क्षयरोग देखिएको थियो। त्यतिबेलादेखि आजसम्म ब्रिटेनमा बीसीजी भ्याक्सिन बालबालिकालाई लगाइने गरिएको छ। क्षयरोग अधिकांश देशको आमबिरामी हो। 

अहिले यस्तो भ्रामक हल्ला फैलाइएको छ कि जुन देशमा बीसीजी खोप अहिले पनि लगाइन्छ ती देशमा कोरोनाको संक्रमण सम्भावना न्यून छ। किनकि यो भ्याक्सिन लगाएकाहरुमा रोगप्रतियोधात्मक क्षमता बढी हुन्छ र कोरोना संक्रमणसँग लड्न मद्दत पुग्छ। 

यद्यपि यो वास्तविक होइन। किनकि ब्रिटेनमा अहिले कोरोनाभाइरसको महामारी नै देखिएको छ। 

अरबी भाषामा ह्वाट्स एप मेसेज

ह्वाट्स एपमा अरबी भाषामा एउटा म्यासेज भाइरल बनेको छ। जसमा भनिएको छ कि यदि तपाइँको पाखुराखमा कुनै खोप लगाएको गोल निसान छ भने तपाइँ कोरोनाबाट ७५ प्रतिशत सुरक्षित हुनुहुन्छ। तर विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले भनेको छ, ‘यो कुराको कुनै प्रामाणिक आधार छैन कि बीसीजी भ्याक्सिनले कोरोना संक्रमणबाट बचाउँछ।’

डब्ल्यूएचओले कोरोनाको उपचारका लागि बीसीजी भ्याक्सिनमाथि क्लिनिकल ट्रायलहरु भइरहेको र जब यो पूरा हुन्छ अनिमात्र यसको निष्कर्षमा पुगिने पनि बताएको छ। डब्ल्यूएचओले विना प्रमाणित बीसीजी भ्याक्सिन कोरोना रोकथाममा उपयोगी हुन सक्ने भन्दै हल्ला फैलिएसँगै यसको माग बढेकोले भविष्यमा बालबालिकालाई आवश्यक पर्दा अभाव हुन सक्ने चेतावनी दिएको छ।

त्यसो त गुगलका अनुसार अहिले मेडिकल प्रमाणिकताविना नै गगुल सर्च इन्जिनमा बीसीजीका बारेमा जानकारी खोज्नेको संख्या विश्वभर बढिहरेको छ। 

जापानमा पनि यस्तै चिन्ता व्यक्त गर्न थालिएको छ। जापान बीसीजी भ्याक्सिनको ठूलो सप्लायर हो। जापानले माग अत्याधिक बढेको जनाएको छ।

इरानमा आईआरजीसी प्रमुखको गलत दाबी

इरानको रिभल्यूसनरी गार्ड्स कप्र्स (आईआरजीसी) का प्रमुखले गत साता यस्तो डिभाइस देखाए जसमा बारेमा उनले दाबी गरेका छन् कि यो कोरोना संक्रमित पहिचान गर्न सक्छ। उनले यो पनि दाबी गरे कि यो डिभाइस केवल ५ सेकेन्टमै १ सय मिटर दूरीबाटै संक्रमित सतह पहिचान गर्न सक्छ। 

इरानको फिजिक्स सोसाइटले यो घोषणाको छद्मविज्ञान र अविश्वसनी तथा साइन्स फिक्सनको कहानीमात्र भएको बतायो। यो डिभाइ देख्दामै उसको फर्जी बम्ब डिटेक्टरजस्तै थियो जुन दशकपहिला केही ब्रिटेनी जालसाझीले बेचेका थिए। यसले कोरोना संक्रमण पत्ता लगाउनेमा कुनै विश्वास नरहेको सोसाइटीको भनाइ छ।

ल्याबमा बनेको होइन कोरोना भाइरस 

इपक टाइम्सको एउटा भिडिया प्रकाशित गर्यो। जसमा यो दाबी गरिएको थियो कि कोरोनाभाइरस एउटा ल्याबमा तयार गरिएको विषाणुहो। फेसबुकले यो भिडियोलाई फर्जी भएको घोषणा गर्यो। जब कि फेसबुकमै यो भिडियो करिब सात करोड मानिसले हेरिसकेका थिए।

करिब एक घन्टाको यो भिडियामो वुहानको एउटा प्रयोगशालामा कोरोनाभाइरस तयार गरिएको र त्यहीँको खराब सुरक्षा प्रबन्धका कारण लिक भएर विश्वभर फैलिएको भ्रामक सन्देश फैलाउने कोसिस गरिएको थियो। बीबीसी विज्ञान सम्पादक पल रिङ्कनका अनुसार यो कुरा अहिलेसम्म कुनै प्रमाण फेला परेको छैन। 

वैज्ञानिक विश्लेषणबाट यो कुरा पत्ता लागेको छ कि कोरोनाभाइरस जनावरबाट अस्तित्वमा आएको र यसको निर्माण मानिसले गरेका होइनन्।

मार्चमा जारी गरिएको एउटा अध्ययन प्रतिवेदनमा यो कुरा दोहोर्याइएको थियो यस कुराको कुनै प्रमाण छैन कि कोरोनाभाइरस कुनै इन्जिनिरिङको नतिजा हो। रिपोर्टमा भनिएको छ, ‘यो असम्भव छ कि कोरोनाभाइरस ल्याबमा कुनै प्रयोगका माध्यमबाट तयार गरिएको हो।’

भारतीय शोधकर्ताहरुको हवला

भाइरल भएको त्यस भिडियोमा केही भारतीय शोधकर्ताहरुको हवाल थियो कि कोरोनाभाइरस जेनेटिक इन्जिनियरिङका माध्यमबाट चार नयाँ सिक्वेन्स जोडका छन्। जुन पहिले एचआईभीमा मौजुद थिए। यो भिडियोमा यो संकेत दिने कोसिस गरिएको थियो कि कोरोना भाइरस नमाव निर्मित हो।

तर शोधकर्ताहरुले त्यो रिसर्च पेपर बिना कुनै समीक्षा फिर्ता लिएका थिए। कोरोनाभाइरस अनुवांशिकीका बारेमा जुन सूचनाहरु दिइएको थियो, त्यो अन्य जीवित चिजमा पनि सामान्य रुपमा नै हुन्छ। 

युनिभर्सिटी अफ केन्टको विरोलोजिस्ट (विषायु वैज्ञानिक) डा जेरेमी रोजम्यानका अनुसार ती सिक्वेन्स यति साना छन् कि न कवेल एचआईभी कि अन्य जीवित चिजसँग पनि मेल खान्छ। यसको मतलब यो होइन कि ती अरुसँग जोडिएका छन्। 

इपोक टाइम्सका एक अमेरिकी न्यु वेबसाइट हो। यो वेबसाइट चिनियाँ मूलका केही अमरिकीहरुले सञ्चालन गरेका छन्। उनीहरु चीनसँग जोडिएका धार्मिक मत फालुन गोंग मान्छन्। 

एनबीसी न्युजको रिपोर्टअनुसार यो वेबासाइट गत वर्ष डोनाल्ड ट्रम्पको पक्षमा फेसबुकमा जमेर विज्ञापन दिएको थियो। तर अगस्टदेखि फेसबुकले विज्ञापन नीति उल्लंघन गरेको आरोपमा यसको विज्ञापनमा रोक लगाइदियो।

बिल गेट्सका बारेमा अफवाह

डब्ल्यूएचओलाई अमेरिकाले फन्डिङ रोक्ने राष्ट्रपति ट्रम्पको फैसलामा बिल गेट्को आलोचना यसै साता उनका बारेमा गलत र भ्रामक कुराहरु एकपटक फेरि हावा खायो। यो अफवाह नै थियो जस्तै भ्याक्सिनका विषयमा बिल गेट्सले समर्थन गरेकोमा भएको आलोचनाजस्तै। 

फेसबुकमा यस्ता थुप्रै पोस्ट देखियो जसमा दाबी गरिएको थियो कि बिल गेट्सको पैसामा रिसर्च इन्स्टिच्युटसँग कोरोनाभाइरसको पेटेन्ट छ। यो दाबी पूर्ण रुपमा निराधार हो। त्यहाँ यस्तो संकेत गरिएको थियो कि कोरोनाभायरस एउटा मानव निर्मित विषाणुहो र यसको पछाडि बिल गेट्सको साथ छ। जुन भ्रामक हो। 

कोरोनाभाइरसको महामारी भ्रामक भने होइन । 

कोलम्बियाली न्युज च्यानल कनाल मोन्टेरियाले एक चिकित्सकसँगको अन्तर्वार्ता प्रसारित गरेको थियो। अन्तर्वार्तामा ती चिकित्सकले दाबी गरेका थिएकी कोरोनाभाइरसको महामारी पूर्ण रुपमा फर्जी हो। यद्यपि यो भिडियो गत महिना प्रसारित गरिएको थियो। अहिलेसम्म यो भिडियो १ करोड ८० लाख मानिसले हेरिसकेका छन्। फेसबुकमा अहिले पनि मानिस यो भिडियो सेयर गरिरहेका छन्। 

यो दाबी पनि पूर्ण रुपमा गलत हो कि कोरोनाभाइरसको अस्तित्व छैन। यद्यपि ती चिकित्सले एकपटक पनि जबाफ दिएका छैनन् कि यो भाइरसबाट यति धेरै मानिस बिरामी परिरहेका छन् त ! – बीबीसीबाट भावानुवादित