काठमाण्डौ । यूएस सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका पूर्वनिर्देशक टम फ्राइडेनले बुुधबार अमेरिकी संसदमा कोरोनाभाइरसले अमेरिकामा पारेको प्रभावबारे १० वटा तथ्य कुुराहरु उजागर गरेका छन्। “मेरो ३० वर्षे विश्व सार्वजनिक स्वास्थ्य सेवामा यस्तो अवस्था कहिले देखेको थिएन। यो एकदमै डरलाग्दो र भयावह छ”, उनले भने।
फ्राइडेनले कोरोनासम्बन्धी प्रस्तुुत गरेका १० वटा तथ्य यस्ता छन्–
१. न्युुयोर्कको अवस्था एकदमै खराब
अहिले न्युुयोर्कमा मृत्युुदर उल्लेख्य रुपमा घटिरहे पनि अझै पनि कोरोनाबाट मृत्युु हुुनेको संख्या अन्य कारणले मृत्युु हुुनकोे भन्दा धेरै रहेको छ। न्युुयोर्कमा अमेरिकाभरकै सबैभन्दा धेरै कोरोना संक्रमित रहेका छन्। जोन हप्किन्स युुनिभर्सिटीको आँकडाअनुुसार न्युुयोर्क राज्यमा मात्रै ३ लाख २१ हजार १९२ कोरोना संक्रमित र २५ हजार २ सय ३१ मृतक रहेका छन्। यसमध्ये न्युुयोर्कमा १ लाख ७३ हजार २८८ कोरोना संक्रमित, ४३ हजार ६७६ अस्पताल भर्ना गरिएका र १३ हजार ९३८ मृतक रहेका छन्।
२. यो त केवल सुुरुआतमात्रै
अहिलेसम्म अमेरिकाले जति पनि खराब अवस्थाको सामना गरेको छ, त्योभन्दा पनि खराब समय अझै आउन बाँकी रहेको छ। अमेरिका अहिले महामारी सुुरुआती चरणमै छ। विज्ञहरु जोन बेरी र मार्क लिप्सटिचले हालैमात्रै सार्वजनिक गरेको प्रतिवेदनमा अमेरिकामा कोरोनाको महामारी अझै दुुई वर्षसम्म रहिरहन सक्ने बताएका थिए। उनीहरुले यो अवधिमा कोरोनाको प्रभाव अहिले देखिएको भन्दा पनि भयावह हुुने चेतावनी दिएका छन्।
३. यो भाइरसविरुद्ध डेटा सबैभन्दा सशक्त हतियार
ट्रेन्डहरु अनुुगमन गर्न प्रयोग गरिने डेटाहरुले क्लस्टरहरुलाई प्रकोपमा परिणत हुुनबाट रोक्ने काम गर्नेछन्। स्टानफोर्ड युुनिभर्सिटीका महामारी विशेषज्ञ डा जोन लोनिडिसले हालैका आँकडाहरुबाट विज्ञहरुले पहिले अनुुमान लगाएभन्दा अहिले कोरोना संक्रमण बढी सामान्य देखिएको बताएका छन्। उनले यसका साथै पहिले अमुुमान गरिएको मृत्युुभन्दा अहिले कम मृत्युु देखिएको बताएका छन्।
४. घरभित्रै बस्न आवश्यक
घरमै बस्न दिएका निर्देशनहरुका कारण न्युुयोर्क र क्यालिफोर्नियाजस्ता राज्यमा कोरोना संक्रमणको दर घटिरहँदा अमेरिकाभर भने भाइरस निरन्तर रुपमा फैलिरहेको छ। अमेरिकामा अहिले दैनिक रुपमा करिब ३० हजार कोरोना संक्रमणका केस देखिइरहेका छन्। अमेरिकाका राज्यहरुले प्रतिबन्धहरुलाई हटाउँदै लैजाँदै गर्दा कोरोना संक्रमण पनि वृद्धि भइरहेको छ। त्यसैले कोरोनाको संक्रमण स्थिर देखिए पनि मानिसहरुले घरभित्रै रहनुुपर्छ।
५. सन्तुुलन खोज्न आवश्यक
अर्थ व्यवस्थालाई सार्वजनिक स्वास्थ्यभन्दा कुुनै पनि मूल्यमा अगाडि आउन दिनुुहँुुदैन। अर्थतन्त्रलाई पुुनः सुुचारु गर्ने र भाइरसलाई नियन्त्रणमा राख्ने दुुवै विषयमा सन्तुुलन कायम राख्नुुपर्छ। इन्स्टिच्युुट फर हेल्थ मेट्क्सि एन्ड इभ्यालुुएसनले अमेरिकाका राज्यहरुले प्रतिबन्धहरु हटाए अगस्ट महिनासम्म १ लाख ३४ हजार अमेरिकीहरुको कोरोनाबाट मृत्युु हने उल्लेख गरेको छ। त्यस्तै युुएस सेन्ट्र्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनको प्रतिवेदनले जुुन महिनासम्म अमेरिकामा दैनिक ३ हजार मानिसको मृत्युु हुुने प्रक्षेपण गरेको छ।
६. फ्रन्टलाइनमा काम गर्ने योद्धाहरुलाई बचाउन आवश्यक
हामीले यो युुद्धमा अग्रपंक्तिमा उभिएर लडिरहेका स्वास्थ्य सेवाका कर्मचारीहरु र अन्य महत्वपूर्ण स्टाफहरुलाई बचाउन आवश्यक छ। सीडीसीका अनुुसार अमेरिकामा करिब ९ हजार २०० भन्दा धेरै स्वास्थ्य कर्मचारीहरु संक्रमित बनेका छन्। स्वास्थ्य सेवाका कर्मचारीहरु र अन्य महत्वपूर्ण स्टाफहरु सबैभन्दा धेरै जोखिममा रहेका छन्। यस्तै अस्पतालहरुले एन९५ मास्क र अन्य महत्वपूर्ण सुुरक्षा उपकरणहरुको अभावको सामना गरिरहेका छन्।
७. सबैभन्दा धेरै जोखिममा रहेका जनतालाई बचाउन आवश्यक
कोरोनाबाट मृत्युु भएका १० जनामा ८ जना मानिसहरु ६५ वर्षभन्दा माथिका रहेका छन्। कमजोर प्रतिरक्षा प्रणाली भएका, दम, मुुटुुको रोग, उच्च रक्तचाप र मधुुमेह भएका मानिस यो भाइरसको संक्रमणको उच्च जोखिममा रहेका छन्। उनीहरुमा स्वस्थ मानिसमा भन्दा यसको प्रभाव बढी देखिने गर्दछ। त्यसैले उच्च जोखिम भए
का यस्ता मानिसलाई बचाउनुु पहिलो प्राथमिकता हो।
८. सरकार र निजी क्षेत्रसँग मिलेर काम गर्न आवश्यक
सरकार र उद्योगहरु दुुवै सँगसँगै मिलेर कोरोनाविरुद्धको भ्याक्सिन विकास गर्न र परीक्षण गर्न लगानी गर्न सहकार्य गर्नुुपर्छ। नेसनल इन्स्टिच्युट अफ एलर्जी एन्ड इन्फेक्सिएस डिजिजका प्रमुुख एन्थोनी फाउसीले मार्च महिनामा कोरोनाविरुद्धको भ्याक्सिन उपलब्ध हुुन १८ महिना लाग्न सक्ने बताएका थिए।
९. कोरोनाबाहेकका मुुद्दाहरुलाई नर्कानुु हुँदैन
कोरोनाका महामारीका कारण अस्पतालहरुमा कोरोना संक्रमितको भीडभाड भएकाले मानिसहरुले अन्य रोगहरुप्रतिको आफ्नो प्रतिरक्षा शक्ति गुुमाइरहेका छन्। अस्पतालहरुमा अन्य स्वास्थ्य सेवाहरु रद्द गरिएका छन्। जसका कारण अन्य रोगका बिरामीहरुले उपचार गर्न पर्खनुु परिरहेको छ। कतिपय अन्य रोगका बिरामीहरु संक्रमण सर्ने सक्ने डरले अस्पताल जानबाट बचिरहेका छन्। त्यसैले कोरोनाबाहेका बिरामीहरुलाई पनि स्वास्थ्य सेवा उपलब्ध गराउनुुपर्छ।
१०. भविष्यका लागि तयारी
भविष्यमा पनि यस्ता प्रकोपहरु देखिन सक्ने भएकाले त्यसका लागि तयारी रहनुपर्छ। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago