काठमाण्डौ । नेपाल सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तदायित्व नियमावली, २०७७ जारी गरेको छ।
गत माघ १९ गते नेपाल राजपत्रमा प्रकाशित यो नियमावली तुरुन्त प्रारम्भ हुने बताइएको छ। यस नियमावलीअनुसार आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ५० बमोजिम अर्थमन्त्रीले वित्तीय उत्तरदायित्व बहन गर्ने र गराउने सम्बन्धमा यस्ता १० जिम्मेवारी वहन गर्नुपर्नेछ।
१. अर्थमन्त्रीले नेपाल सरकारले अवलम्बन गरेको आर्थिक तथा वित्तीय नीतिका आधारमा आर्थिक वृद्धि, मुद्रास्फीति, उत्पादन, रोजगारी, लगानीको स्थितिसमेत विश्लेष गरी मुलुकमा वित्तीय स्थायित्व कायम गर्ने, गराउने।
२. वित्त नीति तय गर्नुका साथै समष्टिगत आर्थिक परिलक्ष्यको प्रक्षेपण गर्ने।
३. अर्थमन्त्रीले आवधिक योजनाको कार्यान्वयन गर्ने र गराउने।
४. बजेट तर्जुमा गर्ने, गराउने।
५. बजेटको राष्ट्रिय लक्ष्य तथा स्रोतगत लक्ष्य पूरा गर्ने, गराउने।
६. स्वीकृत बजेट, नीति तथा कार्यक्रमको कार्यान्वयनका लागि नेपाल सरकार, प्रदेश र स्थानीय तहबीच समन्वय गर्ने, अनुगमन तथा आवधिक समीक्षा गर्ने, गराउने।
७. बजेट तथा कार्यक्रमले लिएको लक्ष्य र प्रतिफल प्राप्तिका लागि रणनीतिक कार्ययोजना बनाई कार्यान्वयन गर्ने, गराउने।
८. वैदेशिक सहायता परिचालन सम्बन्धमा विकास साझेदार र अन्तर्राष्ट्रिय वित्तीय संघ, संस्थासँग समन्वय, सहकार्य र साझेदारीको सम्बन्ध विकास गर्ने।
९. अन्तरसरकारी वित्तीय व्यवस्थापन सम्बन्धमा आवश्यक समन्वय गर्ने, गराउने।
१०. वित्तीय अनुशासन कायम गर्ने, गराउने।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19