काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार दिनभर नै बजारमा नकारात्मक दबाब परेको थियो। बजार अन्तिम समयमा २६.६५ अंकले घटेको छ।
ब्रोकर हाउसमा भेटिएका केही लगानीकर्ताले तरल राजनीतिक अवस्था र समग्र अर्थतन्त्र कमजोर रहेका बेला सरकारले पूर्णता नपाउनु तथा अर्थतन्त्र सुधार्नभन्दा पनि राजनीति दाउपेजमा राष्ट्र बैक लागेको आरोप लगाएका छन्। अर्थतन्त्र हेर्ने अर्थमन्त्रीमा को आउला र बजारप्रतिको दृष्टिकोण कस्तो रहला भन्ने चासो लगानीकर्तामा देखिन्छ।
आज उच्च कारोबार गर्ने शीर्ष १० ब्रोकरमा ५ वटाको खरिद बढी र ५ वटा ब्रोकरको बिक्री बढी रहेको देखिन्छ।
आज सबैभन्दा धेरै कारोबार गर्नेमा नासा सेक्युरिटिज (स्टक ब्रोकर नं. ५८) नै रहेको छ। नासाको आज बिक्री बढी देखिन्छ। नासाले ९ करोड १६ लाख रुपैयाँबराबरको सेयर बिक्री गरेको देखिएको छ भने ८ कारोड ६८ लाख रुपैयाँबराबरको सेयरमात्रै खरिद गरेको देखिएको छ।
कारोबारका हिसाबले दोस्रोमा आज अनलाइन सेक्युरिटिज (स्टक ब्रोकर नं. ४९) रहेको छ। यो ब्रोकरले सेयर खरिद बढी गरेको छ। यो ब्रोकरले ६ करोड ५६ लाख रुपैयाँको सेयर खरिद गरेर ६ करोड २६ लाख रुपैयाँबराबरको बिक्री गरेको छ।
तेस्रो स्थानमा रहेको भिजन सेक्युरिटिज (स्टक ब्रोकर नं. ३४ )रहेको छ यो ब्रोकरले पनि सेयर खरिदभन्दा बिक्री नै बढी गरेको छ। यो ब्रोकरले ७ करोड ६२ लाख रुपैयाँबराबर सेयर बिक्री गरेर ४ करोड ६५ लाख रुपैयाँको सेयर खरिद गरेको छ।
त्यसैगरी चौथो स्थानमा श्रीकृष्ण सेक्युरिटिज (स्टक ब्रोकर नं. २८) को पनि खरिद बढी देखिएको छ। यो ब्रोकरले ६ करोड ६२ लाख रुपैयाँबराबरको सेयर खरिद गर्दा ३ करोड ६९ लाख रुपैयाँबराबरको बिक्री गरेको छ।
पाँचौँ स्थानमा इम्पेरियल सेक्युरिटिज (स्टक ब्रोकर नं. ४५) रहेको छ। यो ब्रोकरले ५ करोड २१ लाख रुपैयाँको खरिद गरेर ४ करोड ७५ लाख रुपैयाँको बिक्री गरेको छ।
कारोबारका हिसाबले आर्यतारा लगानी सेक्युरिटिज(स्टक ब्रोकर नं. ५७) छैटौँ स्थानमा छ। यो ब्रोकरले ५ करोड १ लाख रुपैयाँबराबरको सेयर बिक्री गरेको छ भने ४ करोड ९१ लाख रुपैयाँबराबरको सेयर खरिद गरेको छ। यो ब्रोकरले बिक्री बढी गरेको छ।
सातौँ स्थानमा रहेको दिपशिखा धितोपत्र कारोबार (स्टक ब्रोकर नं. ३८)ले खरिद बढी गरेको देखिन्छ। यो ब्रोकरले ४ करोड ६८ लाख रुपैयाँको सेयर खरिद गरेर ३ करोड ३८ लाख रुपैयाँबराबरको बिक्री गरेको छ।
उच्च कारोबार गर्नेमा नेपाल स्टक हाउस (स्टक ब्रोकर नं. १४) आठौँ स्थानमा छ। यो ब्रोकरको बिक्रीतर्फ ४ करोड ६६ लाख रुपैयाँ तथा खरिदतर्फ ३ करोड १६ लाख रुपैयाँ रहेको छ।
नवौँमा कोहिनुर लगानी सेक्युरिटिज(स्टक ब्रोकर नं. ३५)ले ३ करोड ९९ लाख रुपैयाँबराबरको सेयर बिक्री गरेर ३ करोड ४६ लाख रुपैयाँबराबरको सेयर खरिद गरेको छ। यस हिसाबले बिक्री बढी गरेको देखिन्छ।
दसौँमा सनी सेक्युरेटिज (स्टक ब्रोकर नं. ४२) रहेको छ। यो ब्रोकरले ४ करोड ५४ लाख रुपैयाँबराबरको सेयर खरिद गरेर २ करोड ७७ लाख रुपैयाँबराबरको सेयर बिक्री गरेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19