काठमाण्डौ । सेयर बजार आज दोहोरो अंकले घटेर १९३३.२९ को विन्दुमा बन्द भएको छ। कारोबार खुलेको सुरुआती समयमा बढेको बजार अन्तिम समयको घटेर बन्द भएको हो। 

घटेको बजारमा आज उच्च कारोबार गर्ने १० ब्रोकरमध्ये ४ वटाको सेयर खरिद र ६ वटा बिक्री बढी देखिएको छ। 

आज उच्च कारोबार गर्ने ब्रोकरको सूचीको शीर्ष स्थानमा नासा सेक्युरिटिज (स्टक ब्रोकर नं. ५८) रहेको छ। नासाले सेयर खरिद बढी देखिन्छ। नासाले ९ करोड ९९ लाख रुपैयाँबराबरको सेयर खरिद गरेर ९ कारोड ३ लाख रुपैयाँबराबरको सेयर बिक्री गरेको देखिएको छ। 

कारोबारका हिसाबले दोस्रो स्थानमा अनलाइन सेक्युरिटिज (स्टक ब्रोकर नं. ४९) रहेको छ। यो ब्रोकरले सेयर खरिदभन्दा बिक्री बढी गरेको छ। यो ब्रोकरले ८ करोड ९५ लाख रुपैयाँको सेयर बिक्री गरेको छ भने ४ करोड ८९ लाख रुपैयाँबराबरको खरिद गरेको छ। 

श्रीकृष्ण सेक्युरिटिज (स्टक ब्रोकर नं. २८) उच्च कारोबार गर्ने ब्रोकरको सूचीमा तेस्रो स्थानमा रहेको छ। श्रीकृष्णले ७ करोड १६ लाख रुपैयाँबराबर सेयर बिक्री गरेर ५ करोड ३२ लाख रुपैयाँबराबरको सेयर खरिद गरेको छ। यो हिसाबले श्रीकृष्णको सेयर बिक्री बढी देखिएको छ। 

चौथो स्थानमा भिजन सेक्युरिटिज (स्टक ब्रोकर नं. ३४)  रहेको छ। यो ब्रोकरले ६ करोड ३५ लाख रुपैयाँको सेयर खरिद गरेर ५ करोड ५ लाख रुपैयाँको बिक्री गरेको छ। 

यसैगरी आज कारोबारका हिसाबले डाइनामिक मनिम्यानेजर सेक्युरिटिज (स्टक ब्रोकर नं. ४४) पाँचौँ स्थानमा रहेको छ। यो ब्रोकरले सेयर बिक्रीभन्दा खरिद बढी गरेको देखिएको छ। यो ब्रोकरले ६ करोड ११ लाख रुपैयाँबराबरको सेयर खरिद गर्दा ३ करोड ९१ लाख रुपैयाँबराबरको बिक्री गरेको छ। 

छैटौँ स्थानमा एबीसी सेक्युरिटिज (स्टक ब्रोकर नं. १७)   रहेको छ। यो ब्रोकरले ५ करोड ५३ लाख रुपैयाँबराबरको सेयर बिक्री गरेर ४ करोड १ लाख रुपैयाँबराबरको सेयर खरिद गरेको छ। यो ब्रोकरले सेयर बिक्री बढी गरेको छ। 

साउथ एसियन बुल्स (स्टक ब्रोकर नं. ४३) सातौँ स्थानमा रहेको छ। यसको खरिदभन्दा बिक्री बढी गरेको देखिन्छ। यो ब्रोकरले ७ करोड ७३ लाख रुपैयाँको सेयर बिक्री गरेर १ करोड ७२ लाख रुपैयाँबराबरको खरिद गरेको छ। 

दक्षिणकाली इन्भेस्टमेन्ट सेक्युरिटिज (स्टक ब्रोकर नं. ३३) आठौँ स्थानमा छ। यो ब्रोकरको खरिदतर्फ ५ करोड ४९ लाख रुपैयाँ र बिक्रीतर्फ ३ करोड ३३ लाख रुपैयाँ रहेको छ। 

नवौँ स्थानमा इम्पेरियल सेक्युरिटिज (स्टक ब्रोकर नं. ४५) ले ४ करोड ४९ लाखबराबरको सेयर बिक्री गरेको छ। यो ब्रोकरले ४ करोड १९ लाख रुपैयाँबराबरको सेयर खरिद गरेको छ। यस हिसाबले यो ब्रोकर सेयर खरिदभन्दा बिक्री बढी गरेको देखिन्छ। 

कारोबारका हिसाबले दसौँमा आर्यतारा इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज (स्टक ब्रोकर नं. ५७) रहेको छ। यो ब्रोकरले ४ करोड ६४ लाख रुपैयाँबराबरको सेयर बिक्री गरेर ३ करोड ७० लाख रुपैयाँबराबरको सेयर खरिद गरेको छ।