काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा पछिल्लो समय शिवम सिमेन्टको उच्च कारोबार भइरहेको देखिएको छ। 

पछिल्लो ३ महिनाको तथ्यांक हेर्ने हो भने शिवम सिमेन्टको उच्च कारोबार भइरहेको देखिएको हो। उच्च कारोबार गर्ने शीर्ष १० ब्रोकर कम्पनीबाटै शिवम सिमेन्टको भारी मात्रामा एक्युमुलेसन भइरहेको देखिन्छ। 

पछिल्लो ३ महिनाको अवधिको एक्युमुलेसन हेर्दा स्टक ब्रोकर नं. ५८, ४५, ३४, ४२, ३९, ३३, १७ र ३८ गरी ८ वटा ब्रोकर कम्पनीको खरिदतर्फ शिवम सिमेन्ट पहिलो नम्बरमा परेको छ । मासिक र साप्ताहिक रुपमा हेर्दा पनि शिवम सिमन्टकै सेयर बढी खरिद भइरहेको देखिन्छ। 

त्यसपछि टप १० ब्रोकरको एक्युमुलेसनमा हिमालयन डिस्टिलरी र सोल्टी होटल क्रमशः दोस्रो र तेस्रो नम्बरमा परेका छन्। बैंकहरुमा एभरेस्ट बैंक र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सेयरको उच्च कारोबार भएको देखिन्छ। 

त्यसैगरी टप ब्रोकरहरुले किनेका अन्य कम्पनीहरुमा तारागाउँ रिजेन्सी होटल, एभरेस्ट बैंक र नबिल बैंक पनि छन्। 

सेक्टरवाइज रुपमा बीमातर्फ नेपाल लाइफ इन्स्योरेन्स, हिमायलन एभरेस्ट इस्योरेन्स, सिद्धार्थ प्रिमियम इन्स्योरेन्स, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स र शिखर इन्स्योरेन्स कम्पनीको उच्च कारोबार भइरहेको देखिन्छ। 

यसैगरी जलविद्युत समूहतर्फ  चिलिमे जलविद्युत र सानिमा माई जलविद्युत कम्पनी, लगानी समूहतर्फ निफ्रा र नागरिक लगानी कोष  तथा लघुवित्त समूहमा नेष्डो समृद्ध र स्वावलम्बन लघुवित्तको उच्च कारोबार भइरहेको देखिन्छ।