काठमाण्डौ । सिद्धार्थ क्यापिटल लिमिटेडले सिद्धार्थ म्युचुअल फन्डअन्तर्गत सञ्चालित ३ योजनाको साउन मसान्तको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलले सिद्धार्थ इक्विटी फन्ड, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–२ र सिद्धार्थ व्यवस्थित लगानी योजनाको वित्तीय विवरण सार्वजनिक गरेको हो।
साउनमा सिद्धार्थ इक्विटी फन्डको न्याभ घटेर १५.४३ रुपैयाँमा झरेको छ। गत असारमा न्याभ १७.३५ रुपैयाँ रहेको थियो।
साउनसम्म यो फन्डले सूचीकृत सेयरमा २ अर्ब २ करोड रुपैयाँ, ऋणपत्र/बन्डमा ६ करोड २९ लाख रुपैयाँ र सार्वजनिक निष्कासन, हकप्रद र बोनसमा १ करोड ७८ लाख रुपैयाँ लगानी गरेको छ। असारसम्म यस्तो लगानी क्रमशः २ अर्ब ३ करोड रुपैयाँ, ६ करोड २९ लाख रुपैयाँ र २ करोड ३ लाख रुपैयाँ रहेको थियो।
यस फन्डअन्तर्गत साउनसम्म कुल लगानी २ अर्ब १० करोड रुपैयाँ बढी पुगेको छ। असारसम्म कुल लगानी २ अर्ब २२ करोड रुपैयाँ रहेको थियो।
चालु आर्थिक वर्षको पहिलो महिना साउनमा यस योजनाले २५ करोड २० लाख रुपैयाँ नाफा आर्जन गरेको छ।
यसैगरी साउनमा सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–२ को न्याभ पनि घटेर १५.८२ रुपैयाँमा झरेको छ। गत असारमा न्याभ १७.७४ रुपैयाँ रहेको थियो।
साउनसम्म यो फन्डले सूचीकृत सेयरमा १ अर्ब ५९ करोड रुपैयाँ, ऋणपत्र/बन्डमा १ करोड ८९ लाख रुपैयाँ र सार्वजनिक निष्कासन, हकप्रद र बोनसमा १ करोड २४ लाख रुपैयाँ लगानी गरेको छ। असारसम्म यस्तो लगानी क्रमशः १ अर्ब ६१ करोड रुपैयाँ, ३ करोड ३३ लाख रुपैयाँ र १ करोड ४८ लाख रुपैयाँ रहेको थियो।
यस फन्डअन्तर्गत साउनसम्म कुल लगानी १ अर्ब ६३ करोड रुपैयाँ बढी पुगेको छ। असारसम्म कुल लगानी १ अर्ब ७४ करोड रुपैयाँ रहेको थियो।
चालु आर्थिक वर्षको पहिलो महिना साउनमा यस योजनाले २२ करोड ४६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।
यस्तै साउनमा सिद्धार्थ व्यवस्थित लगानी योजना (खुलामुखी योजना) को न्याभ ९.९१ रुपैयाँ रहेको छ।
साउनसम्म यो फन्डले सूचीकृत सेयरमा २४ लाख ८५ हजार र सार्वजनिक निष्कासन, हकप्रद र बोनसमा ३२ हजार रुपैयाँ लगानी गरेको छ।
यस फन्डअन्तर्गत साउनसम्म कुल लगानी २५ लाख १७ हजार रुपैयाँ बढी पुगेको छ।
चालु आर्थिक वर्षको पहिलो महिना साउनमा यस योजनाले १८ लाख १० हजार रुपैयाँ घाटा व्यहोरेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago