काठमाण्डौ । एनएमबी म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुईवटा योजनाका भदौ मसान्तसम्मको खुद सम्पत्ति मूल्यसम्बन्धी विवरण सार्वजनिक भएको छ।

कोष प्रवर्द्धक एनएमबी बैंक र योजना व्यवस्थापक एनएमबी क्यापिटल लिमिटेड रहेका एनएमबी फिफ्टी र एनएमबी हाइब्रिड फन्ड एल–१ को विवरण सार्वजनिक भएको हो। जसअनुसार गत आर्थिक वर्षको प्रतिफल वितरणका लागि मूल्य समायोजन गरिँदा दुवै फन्डको प्रतिइकाइ खुद सम्पत्ति मूल्य (न्याभ) घटेको छ। 

योसँगै भदौ मसान्तसम्म एनएमबि फिफ्टीको न्याभ १६.०४ रुपैयाँ कायम भएको छ। गत साउन मसान्तसम्म न्याभ २०.४२ रुपैयाँ रहेको थियो।

यो फन्डअन्तर्गत भदौसम्म १ अर्ब ३५ करोड रुपैयाँ बढी सूचीकृत सेयरमा लगानी भएको छ। सार्वजनिक निष्कासन, हकप्रद सेयर र बोनस सेयरमा १ करोड ६४ लाख रुपैयाँ र ऋणपत्र तथा बोन्डमा १६ करोड ६८ लाख रुपैयाँ लगानी रहेको छ।

भदौसम्म यस फन्डले कुल १ अर्ब ६७ करोड रुपैयाँ लगानी गरेको छ। साउनसम्म कुल लगानी २ अर्ब ११ करोड रुपैयाँ रहेको थियो। 

यो फन्डको कुल आय भदौमा ९७ लाख ४८ हजार रुपैयाँ रहेको छ। साउनमा कुल आय १८ करोड २८ लाख रुपैयाँ रहेको थियो।

यसैगरी एनएमबी हाइब्रिड फन्ड एल–१ को न्याभ भदौमा १४.८२ रुपैयाँ कायम भएको छ। साउनमा न्याभ १७.७४ रुपैयाँ रहेको थियो। 

यो फन्डअन्तर्गत भदौसम्म ७५ करोड ९३ लाख रुपैयाँ बढी सूचीकृत सेयरमा लगानी भएको छ। सार्वजनिक निष्कासन, हकप्रद सेयर र बोनस सेयरमा १ करोड १० लाख रुपैयाँ र ऋणपत्र तथा बोन्डमा ३४ करोड १ लाख रुपैयाँ लगानी रहेको छ।

भदौसम्म यस फन्डले कुल १ अर्ब २६ करोड रुपैयाँ लगानी गरेको छ। साउनसम्म कुल लगानी १ अर्ब ३९ करोड रुपैयाँ रहेको थियो। 

यो फन्डको कुल व्यय भदौमा ७० लाख ५७ हजार रुपैयाँ रहेको छ। साउनमा कुल आय ८ करोड ४९ लाख रुपैयाँ रहेको थियो।