– अर्जुन तिमिल्सिना

काठमाण्डौ । विगत एक महिनादेखि निरन्तर गिरावट आएको सेयर बजारको आज बिहीबार गतिलो बाउन्सब्याक भएको छ। 

आधारभूत तथा प्राविधिक विश्लेषकहरुले बजार अब घट्न रोकिएको बताएका छन्। ब्रोकर हाउसमा भेटिएको लगानीकर्ताहरु पनि बजार अब बटम लागेको बताउँछन्। 

यो साता बजारमा ४ दिन कारोबार भयो। जसमा बजार २ दिन घट्यो भने २ दिन बढ्यो। 

साप्ताहिक रुपमा बजारमा लगभग १० अर्ब १६ करोड रुपैयाँभन्दा बढी कारोबार भएको छ। गत साता २५४७.०४ मा अंकमा बन्द भएको बजार यो साता २५६६.०४ मा बन्द भएको छ। यो हिसाबले समग्रमा बजार यो साता १९.८६ अंकले बढेको छ।

यो साता औसत दैनिक २ अर्ब ५४ करोड रुपैयाँको हाराहारीमा कारोबार भएको छ। 

नेप्सेको चार्टमा देखियो बुलिस इन्गल्फिङ क्यान्डल 

बुलिस इन्गल्फिङ क्यान्डलले बजारले बाटो परिवर्तन गर्न लागेको संकेत गर्छ। मैनबत्ती चार्टमा यदि अघिल्लो दिनको रातो क्यान्डलको लम्बाइभन्दा पछिल्लो दिनको हरियो क्यान्डलको लम्बाइ बढी हुन्छ भने त्यसलाई बुलिस इन्गल्फिङ क्यान्डल भनिन्छ। यस्तो अवस्थामा बजार लामो समय बढ्ने संकेत गर्छ (हेर्नुहोस् हरियो एरो)। 

हिजो बुधबार र आज बिहीबारको बजारमा यस्तै क्यान्डल बनेको छ। (हेनेुहोस् कालो एरो)