काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो। बजार ४ दिन घट्यो भने १ दिनमात्र बढ्यो।
कारोबारको पहिलो दिन आइतबार बजार ४१.४१ अंकले घट्यो भने दोस्रो दिन सोमबार पनि बजारमा ३०.४३ अंकको गिरावट आयो। कारोबारको तेस्रो दिन मंगलबार पनि १४.३३ अंकले घटेको बजार चौथो दिन बुधबार भने ४०.६७ अंकले बढेर बन्द भयो। साताको अन्तिम कारोबार दिन बिहीबार पुनः बजार २३.९५ अंकको गिरावटका साथ बन्द भएको छ।
नेप्से पपिसूचक अघिल्लो साता २६१३.६७ को विन्दुमा बन्द भएको थियो भने यो साता बजार घटेर २५४४.३ को विन्दुमा बन्द भएको छ। यो हिसाबले समग्रमा यो साता बजारमा ६९.३७ अंकको गिरावट आएको छ।
यो साता नेप्से सूचक घटे पनि कारोबारमा भने सामान्य बढोत्तरी भएको छ। अघिल्लो साता लगभग १२ अर्ब २७ करोड रुपैयाँबराबर कारोबार भएकोमा यो साता थोरै बढेर १३ अर्ब १ करोड रुपैयाँ बढीको कारोबार भएको छ।
यो साता बाजारमा करेक्सन हुनुमा चैत महिनाको प्रभाव नै रहेको बजार जानकार तथा विश्लेषक बताउँछन्। आगामी साता पनि सेयर बेचेर ब्याज भुक्तानी गर्ने समय बाँकी नै रहेकोले सामान्य करेक्सन नै हुन सक्ने तर ठूलो अंकले बजार तलमाथि नहुने उनीहरुको तर्क छ।
विस्तारै अब विकास खर्च बढ्दै जाने र तरलता सहज हुँदै जाने भएकोले बजार वैशाखबाट लयमा फर्किन सक्ने जानकारहरु बताउँछन्। तरलता सहज भएसँगै ब्याजदर पनि नबढ्ने भएकोले सेयर बजारमा रौनक फर्किन सक्ने उनीहरुको भनाइ छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago