काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो। बजार ४ दिन घट्यो भने १ दिनमात्रै बढेको छ।
अघिल्लो साता १ दिन बुधबारमात्रै बढेको बजार यो साता कारोबारको अन्तिम दिन बिहीबारमात्रै ३६ अंकले बजार बढेको छ। साप्ताहिक रुपमा बजार यो साता ८० अंकले गिरावट आएको छ। अघिल्लो साता २५४४.३ को विन्दुमा बन्द भएको बजार यो साता २४६४.३५ को विन्दुमा बन्द भएको छ।
यो साता ९ अर्ब ७१ कारोड ३५ लाख रुपैयाँबराबरको कारोबार भएको छ। अघिल्लो साता सेयर बजारमा ७० अंकले गिरावट आएको थियो भने १३ अर्ब रुपैयाँको कारोबार भएको थियो। यो हिसाबले यो साता करिब ३ अर्ब २९ करोड रुपैयाँबराबरले कारोबारमा कमी आएको देखिन्छ।
यो साताको अन्तिम कारोबार दिनमा बजार बढेर बन्द भएको छ। विस्तारै चैतको प्रभाव हट्दै गएको छ। राष्ट्र बैंकले अत्यावश्यकबाहेकका वस्तुको आयातमा कडाइ गरेको छ। जसका कारण बैंकिङ प्रणालीमा तरलता थपिएको छ।
योसँगै बजारले हालका लागि बटम लगाइसकेको बजार जानकारहरुको मत छ। वैशाख लागेपछि बजार लयमा फर्किन सक्ने उनीहरुको तर्क।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago