– अर्जुन तिमिल्सिना
काठमाण्डौ । विगत २ वर्षमा सेयर बजारमा एउटा ठूलो र्याली आएको देखिन्छ। बजारमा धेरै सानाठूलादेखि नयाँ लगानीकर्ताको सहभागिता भएको देखिन्छ।
सेयर बजारमा सन् २०११ को जुन महिनामा बनाएको २९३ को न्यून विन्दुदेखि सन् २०२१ को अगस्ट २४ मा बनाएको ३१९८ को उच्च विन्दुसम्मको १० वर्षको समयलाई हेर्दा बजार ५२ महिना बुल र लगभग ४२ महिना बियर सर्कल चलेको देखिन्छ। यो समयमा बजारले २ पटक ठूलो हाई बनाएको छ। एउटा उच्च विन्दु २९३ देखि १८८१ सम्म र अर्को उच्च विन्दु ११०० देखि ३१९८ सम्म बनाएको देखिन्छ। यो दुवै समयमा बजार लगभग बढेको विन्दुको ५० प्रतिशत अर्थात फिवोनसीमार्फत भन्नुपर्दा पनि त्यही ५० प्रतिशत नै बजार खसेको देखिन्छ।
इलिअट वेभमा बजार २ तरिकाले करेक्सन हुने गर्छ। पहिलो नेप्सेको विन्दु घटेर हुन्छ। दोस्रो समयका आधारमा पनि करेक्सन हुने गरेको देखिन्छ। घट्दा पनि बजारले निश्चित समय लिने गर्छ।
पछिल्लो बजारको अवस्था हेर्दा लगभग ४२ महिनाको सयम लिएर एउटा करेक्नस पूरा गरेको देखिन्छ भने ५२ महिना बुल रन चलेको देखिन्छ। अब यहाँनेर प्रश्न आउन सक्छ सन् २०१९ को नोभेम्बरबाट बढेको बजारमा बुल सकियो वा अझै बाँकी नै छ ?
अल्पकालका लागि डाउ थेउरीमार्फत भन्ने हो भने अहिलेको करेक्सन बियरिस नै हो। किनकि बजारले उच्च विन्दुबाट लोअर लोका सिरिजहरु बनाउँदै झर्यो। तर, दीर्घकालीन रुपमा इलिअट वेभमार्फत भन्ने हो भने बजार अझै पनि बढ्न बाँकी नै देखिन्छ।
समयका आधारमा नेपालको सेयर बाजारमा ५२ महिनाको बुलिस यात्रा चल्ने भएका कारण सन् २०१९ को नोभेम्बरदेखि चलेको बुलिस यात्रा सन् २०२४ को मध्यसम्म चल्न सक्ने देखिन्छ। (माथि मुख्य तस्बिरमा हेर्नुहोस्)
कतिसम्म खस्न सक्छ बजार ?
बजारको बढोत्तरी र करेक्सन दुवै इलिअट वेभको गाइडलाइन र फिवोनासी टुल्समार्फत अनुमान गर्ने हो। ११०० देखि बजारको बढोत्तरीलाई हेर्ने हो भने बजार दुई वर्षको समयमा बजारको बढोत्तरी २१०० सम्म भएको छ। यदि विगतको सेयर बजारको इतिहास हेर्ने हो भने यसको करेक्सन ५० प्रतिशतसम्म भएको देखिन्छ। यो आधारमा बजार लगभग १००० देखि १२०० सम्मको गिरावट स्वाभाविक रुपमा नै लिन सकिन्छ।
फिवोनासीका आधारमा भन्नुपर्दा ०.५ प्रतिशत अथवा अधिक करेक्सन भएमा ०.६१ प्रतिशतसम्म करेक्सन आउन सक्छ। यो भनेको बजार अधिक करेक्नस भनेको २२०० विन्दु आसपास हुन सक्छ।
अब के होला बजार ?
इलिअट वेभको इन्टरमिडियट डिग्रीमार्फत नै बजार हेर्ने हो भने वेभ (१) मा ११०० देखि १६७५ सम्म, वेभ (२) मा करेक्सन भएर पुनः ११५० सम्म र वेभ (३) मा बढोत्तरीको साथ ३१९८ सम्म, वेभ (४) हालको करेक्सन लगभग २२०० सम्म र वेभ (५) मा बुल रनको ५२ महिनाको बाँकी समय (५२–२९) २३ महिनामा बजार पुनः एउटा उच्च विन्दु ४२०० सम्मको उचाइ तय गर्न सक्ने देखिन्छ।
नोट : सेयर बजारमा प्राविधिक विश्लेषण एक औजारमा आधारित अनुमानित विश्लेषण हो। यसको अर्थ सेयर बजारमा हामीले यही नै हुन्छ भनेर ठोकुवा गरेका होइनौँ। लगानीकर्ताले लगानी गर्दा आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेरमात्र लगानी गर्नुपर्छ। यो कारोबारका लागि सिफारिस भने होइन।
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago