काठमाण्डौ । एनएमबि म्युचुअल फन्डअन्तर्गत सञ्चालित ३ वटा योजनाहरुको साउन महिनाको वित्तीय विवरण सार्वजनिक भएको छ।

कोष प्रवर्द्धक एनएमबि बैंक र योजना व्यवस्थापक एनएमबि क्यापिटल रहेका एनएमबि फिफ्टी, एनएमबि हाइब्रिड फन्ड एल–१ र एनएमबि सरल बचत फन्ड–इको वित्तीय विवरण सार्वजनिक भएको हो। यी ३ वटै योजनाको प्रतिइकाइ खुद सम्पत्ति मूल्य (न्याभ) साउनमा घटेको छ। एनएमबि फिफ्टी र एनएमबि हाइब्रिड फन्ड एल–१ को न्याभमा भने गत आर्थिक वर्षको मुनाफाबाट प्रतिफल वितरणार्थ मूल्य समायोजन गरिएको हो। 

साउनमा एनएमबि फिफ्टीको न्याभ ११.१४ रुपैयाँ रहेको छ। असारमा न्याभ १३.२८ रुपैयाँ थियो। 

यो योजनाको कुल लगानी भने घटेर साउनमा १ अर्ब ३४ करोड रुपैयाँमा सीमित बनेको छ। असारमा कुल लगानी १ अर्ब १६ करोड रुपैयाँ थियो। 

साउनमा पनि यो योजनाले १ करोड १९ लाख रुपैयाँ घाटा व्यहोरेको छ। गत असारमा यस योजनाको घाटा ३३ करोड ५७ लाख रुपैयाँ थियो। 

साउनमा एनएमबि हाइब्रिड फन्ड एल–१को न्याभ १०.९६ रुपैयाँ रहेको छ। असारमा न्याभ १३.१२ रुपैयाँ थियो। 

यो योजनाको कुल लगानी भने घटेर साउनमा १ अर्ब २ करोड रुपैयाँमा सीमित बनेको छ। असारमा कुल लगानी १ अर्ब १३ करोड रुपैयाँ थियो। 

साउनमा पनि यो योजनाले २ करोड ३० लाख रुपैयाँ घाटा व्यहोरेको छ। गत असारमा यस योजनाको घाटा ३७ करोड ६८ लाख रुपैयाँ थियो। 

साउनमा एनएमबि सरल बचत फन्ड–इको न्याभ घटेर ९.०६ रुपैयाँमा झरेको छ। असारमा न्याभ ९.११ रुपैयाँ थियो। 

यो योजनाको कुल लगानी भने बढेर साउनमा ४२ करोड ३६ लाख रुपैयाँ पुगेको छ। असारमा कुल लगानी ४२ करोड १ लाख रुपैयाँ थियो। 

साउनमा पनि यो योजनाले २८ लाख १५ हजार रुपैयाँ घाटा व्यहोरेको छ। गत असारमा यस योजनाको घाटा ४ करोड ८८ लाख रुपैयाँ थियो।