काठमाण्डौ । आम लगानीकर्ताको अपेक्षाविपरीत सेयर बजारमा उत्साहजनक ढंगको बढोत्तरी हुन सकेको छैन । अधिकांश सूचिकृत कम्पनीहरुले राम्रो नाफा कमाएर राम्रै लाभांश बाँड्नसक्ने देखिएको अवस्थामा समेत बजारमा चमक आउन सकेको छैन ।
एकातिर राम्रो लाभांश वितरणको संभावना प्रष्ट देखिइँदा समेत बजारमा त्यसको सकारात्मक प्रभाव पर्न सकेको छैन भने बैंकहरुमा तरलता केही सहज बन्दा समेत यसले बजारमा प्रभाव पार्न सकेको छैन । बरु बजार कि त गिरावटको भूंग्रोमा परिरहेको छ वा बजार मापन गर्ने परिसूचक नेप्सेमा सामान्य बढोत्तरी हुँदा कारोबार रकम घटिरहेको छ ।
बुधबार बजारमा नेप्से परिसूचकमा सामान्य बढोत्तरी भए पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ । यसले बजारका लगानीकर्ता निश्चिन्त भएर खरीद गरिरहेका छन् भन्ने देखिन्न।
यो साताको पहिलो कारोबार दिनदेखि बुधबारसम्मको अवस्था हेर्दा बजारमा कारोबार रकम केही बढेकै देखिन्छ । यसले कतै होल्ड भएर बसेको सेयरको सप्लाई ह्वात्तै बढेको देखाउँछ ।
स्रोतहरुका अनुसार पछिल्लो समय बजार घटाउने मुख्य कारण बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने प्रक्रियाको सुरुवात भएपछि कतिपय ब्रोकरहरुले सूचिकृत कम्पनीमा होल्ड गरेर राखेका ठूलो परिमाणको सेयरहरु बिक्री गर्न थाल्दा सेयरको आपूर्ति ह्वात्तै बढी बजार घट्न सहयोग पुगेको देखिन्छ ।
अर्को, नेपाल राष्ट्रबैंकले स्प्रेड दरको गणना विधि परिवर्तन गरेर सोहीअनुसारको व्यवस्था कार्यान्वयनका लागि निर्देशन दिएपछि बैंकहरुको खूद नाफा नै २४ अर्ब रुपैयाँले घट्ने समाचार बाहिरिएको छ । नाफा घटेसँगै बैंकहरुले दिने लाभांश समेत घट्नेछ । यसले समेत सेयर बजारमा नकारात्मक प्रभाव पारेको देखिन्छ । किनभने नेपालको सेयर बजारमा बैंक तथा वित्तीय संस्थाहरुको प्रभूत्व छ । यो समूहको विषयमा कुनै नकारात्मक खबरले समेत बजार प्रभावित हुने गर्छ । बैंकहरुको नाफामै ठूलो असर पर्ने गरी नीतिगत व्यवस्था कार्यान्वयनमा आएपछि यसले बजारलाई समेत नकारात्मक ढंगले हिट गरिरहेको जानकार बताउँछन् ।
बजारमा पूँजीगत लाभकरको विषयमा लामो समयदेखि परेको गाँठोले समेत प्रभाव पारिरहेको स्रोतहरु बताउँछन् । धितोपत्र बोर्डले समयमै लाभकरको गाँठो फुकाउन नसक्दा लगानीकर्ताको मनोबल गिराउने काम भइरहेको विश्लेषक बताउँछन् ।
बुधबारको बजारमा के के भयो ?
बुधबार नेप्से परिसूचक २.७५ अंकले बढेर १२४८.४८ को विन्दूमा पुगेको छ ।
यो दिन विकास बैंक, हाइड्रोपावर र म्युचुअल फण्डमा सामान्य गिरावट आयो । तर, बाँकी ९ समूहमा बढोत्तरी भयो । बैंकिंग समूह २.९६ अंकले बढ्यो भने ट्रेडिङ समूह ६.९५ अंक, होटल समूह १९.४२ अंक, बित्त समूह २.०५ अंक, निर्जीवन बिमा समूह २२.०३ अंक, उत्पादन तथा प्रशोधन समूह १०.३९ अंक, माइक्रोफाइनान्स समूह २२.५५ अंक, जीवन बिमा समूह २६.०३ अंक र उत्पादन तथा प्रशोधन समूह १०.३९ अंकले बढे ।
कुल ३६ करोड ८६ लाख बढीको कारोबार भएको बजारमा कृषि विकास बैंकले सबैभन्दा बढी २ करोड ४५ लाख बढीको कारोबार गर्यो । एनसीसी बैंकले २ करोड ३६ लाख, नेपाल बैंकले १ करोड ९६ लाख, प्रभू बैंकले १ करोड ६७ लाख, नेपाल लाइफ इन्स्योरेन्सले १ करोड ५४ लाख, स्ट्याण्डर्ड चार्टर्ड बैंकले १ करोड २८ लाख बढीको कारोबार गरेको छ ।
शिवम सिमेन्ट र मुक्तिनाथ विकास बैंकले १ करोड भन्दा बढीको कारोबार गरेका छन् भने नेपाल इन्भेष्टमेन्ट बैंकको ९३ लाख बढीको संस्थापक सेयर समेत किनबेच भएको छ ।
नेपाल एग्रो लघुवित्त र गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा पोजिटिभ सर्किट लाग्यो । यी दुवै कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा बढ्यो ।
यो दिन साञ्जेन र रसुवागढी हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लाग्यो । दुवैको सेयर मूल्य १० प्रतिशतकै हाराहारीमा घट्यो ।
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago