काठमाण्डौ । विश्वभर कोरोनाभाइरसको संक्रमणबाट शनिबार बिहानसम्म ज्यान गुमाउनको संख्या १ लाख ५४ हजारभन्दा बढी पुगेको छ। यो भाइरसबाट २२ लाख ४२ हजारभन्दा बढी संक्रमित भएका छन्।
ताजा तथ्यांकअनुसार अमेरिका यो भाइरसबाट अतिप्रभावित भएको देश बनेको छ। अमेरिकामा हालसम्म ३६ हजार ९०० जनाभन्दा बढीको ज्यान गइसकेको छ भने ७ लाख बढी संक्रमित भइसकेका छन्।
संक्रमित बिरामीको संख्याको हिसाबले स्पेन दोस्रो अतिप्रभावित मुलुक बनेको छ। स्पेनमा १ लाख ९० हजारभन्दा बढी मानिस संक्रमित भएका छन् भने २० हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन्।
यसैगरी मृतकको संख्याका हिसाबले दोस्रो मुलुक इटाली बनेको छ। यहाँ हालसम्म २२ हजार ७४५ जनाको ज्यान गइसकेको छ भने १ लाख ७२ हजार मानिस बिरामी परेका छन्।
उता फ्रान्समा संक्रमितको संख्या १ लाख ४९ हजार पुगेको छ। जब कि ज्यान गुमाउनेका संख्या १८ हजार ७०० भन्दा बढी रहेको छ।
बेलायतमा पनि यो महामारीको चपेटामा परेर १४ हजार ६०० बढीको ज्यान गइसकेको छ। संक्रमितको संख्या पनि १ लाख ९ हजार बढी रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago