काठमाण्डौ । चीनको वुहानबाट सुरु भएको प्राणघात कोरोनाभाइरसले आफ्नो केन्द्र विगत केही समयदेखि परिवर्तन गरिरहेको छ। सुरुआतमा चीनमा देखिएको यो भाइरसले केही समय दक्षिण युरोपलाई केन्द्र बनायो र अहिले यसको केन्द्र अमेरिका बनेको छ।

कोरोना संक्रमणबाट कुन देशमा कतिजनाको ज्यान गयो त ? यो निकै जटिल प्रश्न बन्न थालेको छ। किनकि हरेक देशले मृत्युका आँकडा फरकफरक ढंगले प्रस्तुत गरिरहेका छन्। 

उदाहरणका लागि बेल्जियममा आधाभन्दा धेरै मृत्यु वृद्धाहरुको भएको छ। जसमा कोरोना संक्रमणको आशंका गरिएको थियो। त्यसैले बेल्जिममा अन्य देशको आँकडाभन्दा निकै कम छ। किनकि बेल्जियमले यस्ता मृतकलाई संक्रमितमा गन्ती गरेको छैन। 

उता ब्रिटेन सरकारले बुधबार कोरोनाबाट ज्यान गुमाएकाहरुको संख्या सार्वजनिक गर्यो। जसमा ती मृतकको संख्या पनि सामेल गरिएका थिए जसको केयर होममा ज्यान गएको थियो। यही कारण अहिले ब्रिटेन कोरोनाबाट धेरै ज्यान गुमाउनेहरु मुलुकको सूचीमा तेस्रो स्थानमा उक्लिएको छ। 

कोरोना संक्रमण अत्याधिक ज्यान गुमाउनेको देशको सूचीमा दोस्रो स्थानमा इटली रहेको छ। जब कि पहिलो स्थानमा अमेरिका यथावत रहेको छ। 

जोन हप्किन्स विश्वविद्यालयले बिहीबार बिहानसम्म तयार पारेको कोरोना संक्रमणबाट धेरै ज्यान गुमाउनेहरु १० देशहरुको सूची यस्तो छ–

१. अमेरिका – लभगभ ६१ हजारको मृत्यु

२. इटली – २७ हजार ६८२ को मृत्यु

३. ब्रिटेन – २६ हजार १६६ को मृत्यु

४. स्पेन – २४ हजार २७५ को मृत्यु

५. फ्रान्स – २४ हजार १२१ को मृत्यु

६. बेल्जियम – ७ हजार ५०१ को मृत्यु

७. जर्मनी – ६ हजार ४६७ को मृत्यु

८. इरान – ५ हजार ९५७ को मृत्यु

९. नेदरल्यान्ड्स – ४ हजार ७२७ को मृत्यु

१०. चीन – ४ हजार ६३७ को मृत्यु । – एजेन्सी