काठमाण्डौ । एनआइबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित ४ वटा म्युचुअल फन्डका जेठ महिनाको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक भएको छ।
योजना व्यवस्थापक एनआइबिएल एस क्यापिटल र कोष प्रवर्द्ध नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडका एनआइबिएल प्रगति फन्ड, सहभागिता फन्ड, समृद्धि फन्ड–१ र समृद्धि फन्ड–२ को जेठ महिनामा अपरिष्कृत वित्तीय विवरण सार्वजनिक भएको हो। जसअनुसार एनआइबिएल प्रगति फन्डको न्याभ जेठमा बढेर १८.८८ रुपैयाँ पुगेको छ। गत वैशाखमा न्याभ १७.३९ रुपैयाँ रहेको थियो।
यस योजनाअन्तर्गत सूचीकृत सेयरमा १ अर्ब १० करोड १८ लाख रुपैयाँ बढी लगानी भएको छ। सार्वजनिक निष्कासन, हकप्रद, बोनस सेयर र अन्य सूचीकृत भएका सेयरमा पनि ७ करोड ५० लाख रुपैयाँ लगानी रहेको छ।
यस योजनाअन्तर्गत कुल १ अर्ब १७ करोड ६८ लाख रुपैयाँ बढी लगानी भएको देखिन्छ।
जेठसम्म यो योजनाको आय पनि बढेर ६७ करोड ६० लाख रुपैयाँ बढी भएको छ। गत वैशाखसम्म आय ५६ करोड ४२ लाख रुपैयाँ बढी थियो।
यसैगरी एनआइबिएल सहभागिता फन्डको न्याभ जेठमा बढेर १७.७४ रुपैयाँ पुगेको छ। गत वैशाखमा न्याभ १७.०४ रुपैयाँ रहेको थियो।
यस योजनाअन्तर्गत सूचीकृत सेयरमा २७ करोड १५ लाख रुपैयाँ बढी लगानी भएको छ। सार्वजनिक निष्कासन, हकप्रद, बोनस सेयर र अन्य सूचीकृत भएका सेयरमा पनि २ करोड रुपैयाँ लगानी रहेको छ।
यस योजनाअन्तर्गत कुल ४१ करोड ५ लाख रुपैयाँ बढी लगानी भएको देखिन्छ।
जेठसम्म यो योजनाको आय पनि बढेर १९ करोड ६५ लाख रुपैयाँ बढी भएको छ। गत वैशाखसम्म आय १७ करोड ४६ लाख रुपैयाँ बढी थियो।
यस्तै एनआइबिएल समृद्धि फन्ड–१ को न्याभ जेठमा बढेर १६.१७ रुपैयाँ पुगेको छ। गत वैशाखमा न्याभ १५.४० रुपैयाँ रहेको थियो।
यस योजनाअन्तर्गत सूचीकृत सेयरमा ७० करोड ६७ लाख रुपैयाँ बढी लगानी भएको छ। सार्वजनिक निष्कासन, हकप्रद, बोनस सेयर र अन्य सूचीकृत भएका सेयरमा पनि १० करोड १ लाख रुपैयाँ लगानी रहेको छ।
यस योजनाअन्तर्गत कुल १ अर्ब १४ करोड १८ लाख रुपैयाँ बढी लगानी भएको देखिन्छ।
जेठसम्म यो योजनाको आय पनि बढेर ५७ करोड ६८ लाख रुपैयाँ बढी भएको छ। गत वैशाखसम्म आय ४९ करोड ९७ लाख रुपैयाँ बढी थियो।
त्यस्तै एनआइबिएल समृद्धि फन्ड–२ को न्याभ जेठसम्म १०.०४ रुपैयाँ पुगेको छ। यस योजनाअन्तर्गत सूचीकृत सेयरमा १ करोड ४६ लाख रुपैयाँ बढी लगानी भएको छ। सार्वजनिक निष्कासन, हकप्रद, बोनस सेयर र अन्य सूचीकृत भएका सेयरमा पनि १० करोड १ लाख रुपैयाँ लगानी रहेको छ।
यस योजनाअन्तर्गत कुल ६६ करोड ६६ लाख रुपैयाँ बढी लगानी भएको देखिन्छ।
जेठसम्म यो योजनाको आय ६० लाख ७० हजार रुपैयाँ बढी रहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19