काठमाण्डौ। सेयर बजारमा यो साता ५ दिन कारोबार भयो। बजार ३ दिन घट्यो भने २ दिन बढ्यो।
सातामा सेयर बजारमा १७.५८ अंकले गिरावट आएको छ। अघिल्लो साता भने नेप्से परिसूचकमा ६४.३५ अंकले बढोत्तरी आएको थियो।
यो साता सेयर बजारमा १२ अर्ब २७ करोड रुपैयाँबराबरको कारोबार भएको छ। यो हिसाबले दैनिक औसत २ अर्ब ४५ अर्ब रुपैयाँ बढीकोे कारोबार भएको देखिन्छ।
अघिल्लो साता ४ दिनमा १२ अर्ब ७ करोड रुपैयाँ करोबार भएको थियो। यस हिसाबले सेयर बजारमा यो साता सूचकसँगै कारोबारमा पनि गिरावट आएको छ।
तरलतामा दबाबसँगै लगानीकर्ताको मनोबल गिर्दा बजारमा गिरावट आएको जानकारहरु बताउँछन्।
यो साताको अन्तिम कारोबारमा गिरावट आएकोले आगामी १–२ दिनको कारोबारमा पनि करेक्सन हुन सक्ने बजार जानकारहरु बताउँछन्।
हिजो बिहीबार बीमा समितिले बीमा कम्पनीहरुको पुँजी वृद्धिको निर्णय गरेको छ। यो खबरले आगामी साता बजार सकारात्मक बन्न सक्ने पनि अनुमान केही बजार जानकारहरुको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19