काठमाडौँ । मुलुकमा यातायात व्यवसायको क्षेत्रमा करिब रु चार खर्बबराबरको लगानी भएको छ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पाँचौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पदस्थापन समारोहमा यहाँ आज आयोजना गरेको कार्यक्रममा महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले आर्थिक विकासको मेरुदण्डका रुपमा रहेको यातायात क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउन सरकारले लगानी वृद्धि गर्नुपर्ने बताउनुभयो ।
निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत शंकरप्रसाद सुवेदी, निवर्तमान कावा अध्यक्ष डोलनाथ खनालले अव्यवस्थित यातायात क्षेत्रलाई व्यवस्थित प्रविधियुक्त बनाउनुपर्ने तथा व्यवसायी क्षेत्रको हकहितका लागि वर्तमान कार्यसमितिले सबैलाई समेटेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
गत माघ १७ देखि १९ गतेसम्म चितवनमा सम्पन्न पाँचौँ राष्ट्रिय महाधिवेशनबाट कर्माचार्यको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको थियो । जसको वरिष्ठ उपाध्यक्षमा विजयबहादुर स्वाँर, दीपक अधिकारी, हरिशरण केसी, उपाध्यक्ष पुष्पा श्रेष्ठ, ऐनकुमार शाही, जीतबहादुर भारती, सानुकाजी प्रजापति, रामप्रसाद सुवेदी, प्रभुप्रसाद कलवार, कृष्णप्रसाद सुवेदी, यादवलाल श्रेष्ठ र महासचिव पुन्यप्रसाद सिटौला निर्वाचित हुनुभएको थियो ।
यसैगरी उपमहासचिवमा डेकनाथ गौतम र वसन्त भण्डारी, सचिवमा सुरेन्द्र सिटौला र रवि रिमाल, कोषाध्यक्ष किरणकुमार खड्का र सहकोषाध्यक्षमा डम्बरराज पन्त निर्वाचित हुनुभएको थियो ।
यसैगरी विभिन्न वर्गीय संयोजक, प्रदेश संयोजक, केन्द्रीय सदस्य गरी ८३ कार्यसमिति निर्वाचित भएको छ ।
विसं २०३६ साउनमा स्थापित महासंघअन्तर्गत अहिले २० लाख जनताले प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा रोजगारी पाएका छन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago