काठमाण्डौ । अध्यागमन विभागको हिरासतमा एक विदेशी नागरिकलाई १० दिनदेखि गैरकानुनी थुनामा राखेको छ ।

स्वीट्जरल्यान्ड सरकारले फिर्ता (डिपोर्ट) गरेकी एक तीब्बती युवतीलाई अध्यागमन विभागले १७ फागुनदेखि गैरकानुनी ढंगले हिरासतमा रखेको हो ।

ती तीब्बती युवतीले दोलखा जिल्ला प्रशासनबाट नक्कली नागरिकता र त्यसको आधारमा राहदानी विभागबाट राहदानी लिएकी थिइन् ।

उनले बयानमा दोलखाबाट जारी भएको आफ्नो नागरिकता नक्कली भएको स्विकारेकी छन् । यो खबर आजको अन्नपूर्णमा दैनिकमा छापिएको छ ।