काठमाण्डौ । हाम्रो जीवनमा परिवारको खुशी अह्म विषय बन्छ । मानिस आफ्नो परिवारको खुशीका लागि रातदिन नभनी मेहेनत गर्छ । यस्तो अवस्थामा थोरै समझदारी र बुद्धिमतापूर्वक प्लानिङ बनाएर तपाईंले आफ्नो परिवारमा समस्याको छायाँ पर्नबाट रोक्न सक्नुहुन्छ । यति मात्र होइन तपाईंले जीवनको अनिश्चितताबाट उत्पन्न हुने डरबाट स्वयम् आफू र परिवारलाई समेत बचाउन सक्नुहुन्छ । हामी तपाईलाई यस्तै चार कामको बिषयमा बताइरहेका छौ, जसका कारण तपाईंले आफू र आफ्नो परिवारलाई आर्थिक आपतबाट बचाउन सक्नुहुनेछ । 

लगानीको निश्चित योजना


आजको समयमा जीवनको अनिश्चिततालाई देख्दा टर्म प्लान(निश्चित लगानी योजना) निकै जरुरी बन्दै गएको छ । निश्चित वर्षसम्म निश्चित ब्याज पाउने किसिमको खातामा पैसा राख्नु वा लगानी गर्नु उत्तम हुन्छ । कतिपय अवस्थामा मान्छे सबै कुरा ठीकठाक चलिरहेको छ, सबै पुगिरहेकै छ, यस्तो अवस्थामा टर्म प्लान किन चाहियो भन्ने गर्छ, तर यो सोचाई गलत हो । कम्तीमा आफू र आफ्नो परिवारको सकेसम्म बिमा गर्न नभूल्नुहोस्, यसमा निश्चित वर्षपछि राम्रो रिटर्न प्राप्त हुन्छ । बैंकहरुको राम्रो ब्याज पाउने खाताहरुमा लगानी गर्नु वा यस्तै स्कीम खोजी गरेर लगानी गरी परिवारमा आइपर्नसक्ने आर्थिक संकट वा मुश्किलहरुलाई टार्नुले तपाईंको परिवार सधैं खुशी रहनेछ । कुनै पनि आर्थिक समस्याको छायाँले तपाईंलाई छुन सक्ने छैन । 

मेडिकल खर्चका लागि स्वास्थ्य बिमा


हाल धेरै नयाँ र घातक रोगहरुले मानिसलाई सताइरहेको छ । नेपालमा समेत क्यान्सर, किड्नी, मुटु तथा फोक्सोको समस्या, पेट सम्बन्धी रोग लगायतका समस्याहरु साझा समस्या बन्दैछन् । विभिन्न भाइरस वा जिवाणुको कारणबाट हुने बिरामीहरु समेत बढिरहेका छन् । यस्तो अवस्थामा तपाईंको परिवारको कुनै सदस्य पनि यस्ता रोगबाट पीडित भए उपचार खर्चको नाममा तपाईको गोजीबाट धेरै रकम खर्च हुनसक्छ । महंगीका कारण कतिपयको उपचार तपाईंले चाहेर पनि गर्न नसक्ने हुनसक्छ । यसकारण तपाईं र तपाईको परिवारको सुरक्षित स्वास्थ्यका लागि स्वास्थ्य बिमा गर्नुहोस् । बिमाको यस्ता योजनामा बेलैदेखि केही रकम छुट्याएर लगानी गर्नु तपाईंको हितमा हुनेछ । बिमा कम्पनीहरुले तत्काल आउने समस्यालाई मात्र सहयोग गर्दैनन्, तपाईको जीवनभरिको हेल्थ इन्स्योरेन्स पनि कभर गरिदिन्छन्, त्यस्तो योजना छानेर प्रिमियम बुझाउने गर्दा परिवारकै फाइदा हुन्छ । हेल्थ इन्स्योरेन्स बेलैदेखि गराउनु बुद्धिमानी हुन्छ । बुढो भएर हेल्थ इन्स्योरेन्स गराउँदा प्रिमियम निकै महंगो हुन्छ । 

रिटायरमेन्टपछि फण्ड 


तपाईं जागिरे हुनुहोस् या व्यवसायी, रिटायरमेन्टपछिका समस्या समाधानका लागि बेलैदेखि गतिलो फण्ड बनाउन आवश्यक हुन्छ । अहिले सञ्चयकोषले व्यक्ति विशेषलाई समेत कर्मचारीलाई झै सञ्चयकोष जम्मा गर्ने राम्रो व्यवस्था गरेको छ । त्यहाँ नियमित रकम जम्मा गरेर रिटायरमेन्टमा राम्रो ब्याजसहित पैसा फिर्ता पाइन्छ । नेपालमा स्वास्थ्यमा सचेतना, उपचार पद्धतिमा विकास लगायतका कारणले मानिसको औसत उमेर बढिरहेको छ । योसँगै पारिवारिक संरचना पनि परिवर्तन भइरहेको छ । पहिला पहिला बृद्ध बाआमाको हेरविचार गर्ने जिम्मेवारी छोराको हुन्थ्यो, तर समाज बिस्तारै एकल परिवारको ढाँचामा परिवर्तन भइरहेको छ । यस्तो अवस्थामा लगानीका तमाम विकल्पहरुमा सकेसम्म लगानी गरी बुढ्यौलीका लागि सुरक्षित कोष बनाउनुपर्छ । जसका कारण शरीर कमजोर भएपछिको उमेरमा आर्थिक रुपमा कोहीप्रति पनि निर्भर बन्नुपर्ने हुन्न । 

होम लोनको इएमआई पनि सुरक्षित गर्नुहोस्


अहिले अधिकांश मानिसहरु बैंक तथा बित्तीय संस्थाहरुबाट ऋण लिएर घर खरीद गर्छन् । यस्तो लोनको इएमआई १० देखि ३० वर्षसम्मको हुन्छ । यस्तो अवस्थामा कमाउने मुख्य मानिसलाई तलमाथि केही भइहाल्यो भने तपाईंको परिवार इएमआई चुक्ता गर्ने अवस्थामा नरहन सक्छ । यस्तो अवस्थामा बिमा कम्पनीहरुले निश्चित योजनामा यस्ता इएमआईलाई समेत कभर दिने गरेका छन् । यस्ता प्लानहरुमा बेलैदेखि सामेल भएर आफ्नो घर कर्जाको इएमआईलाई समेत सुरक्षित बनाउन सक्नुहुन्छ । आम रुपमा यस्तो योजना खासै महंगो पनि हुँदैन । यसका लागि तपाईंले नेपालका निर्जिवन बिमा कम्पनीहरुमा गएर बुझ्न सक्नुहुनेछ ।