काठमाण्डौ । तारागाउँ रिजेन्सी होटल,हाथवे इन्भेष्टमेन्ट र फर्स्ट माइक्रोफाइनान्सको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

यी तीनै कम्पनीले लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि पुस १२ गते बुक क्लोज गर्ने निर्णय गरेकाले यी कम्पनीका आजसम्म कायम सेयरधनीहरु मात्रै प्रस्तावित लाभांस प्राप्त गर्न र सभामा सहभागी हुन योग्य हुनेछन् ।

तारागाउँ रिजेन्सीले ११ प्रतिशत नगद र ४ प्रतिशत बोनस गरी कुल १५ प्रतिशत लाभांस वितरण गर्ने घोषणा गरेको छ । 

त्यस्तै फस्र्ट माइक्रोफाइनान्सले ७ प्रतिशत बोनस र ०.५० प्रतिशत नगद गरी कुल ७.५० र हाथवे इन्भेष्टमेन्टले १० प्रतिशत बोनस र ०.५२६ गरी कुल १०.५२६ प्रतिशत लाभांस वितरणको गर्ने घोषणा गरेको छ ।