काठमाण्डौ। धितोपत्र कारोबार हुने साताको तेस्रो दिन मंगलबार पनि सेयर बजारमा चमक कायमै रहेको छ। अघिल्लो दिन करेक्सन आएको बजार आज पुनः बढोत्तरी आएको छ। 

आज दिनभर उतारचढावका बीच सेयर बजारमा झन्डै २४ अंकको बढोत्तरी आएको छ। आज ६ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ।  

आज पनि सबैभन्दा बढी कारोबार गर्ने स्टक ब्रोकरमा नासा सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ५८) नै  परेको छ। आज पनि नासाले बिक्रीभन्दा बढी खरिद गरेको देखिन्छ। नासाले आज हिजोको भन्दा करिब ३ करोडले बढी सेयर खरिद गरेको छ। नासाले आज ४८ करोड ८३ लाख रुपैयाँबराबरको खरिद गरेको छ भने ४५ करोड ९८ लाख रुपैयाँबराबरको बिक्री गरेको छ। 

त्यसैगरी उच्च कारोबार गर्नेको सूचीको दोस्रो स्थानमा आज इम्पेरियल सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ४५) नै रहेको छ। यो ब्रोकरले आज २९ करोड २३ लाख रुपैयाँबराबरको सेयर खरिद गरेको छ भने २८ करोड ८७ लाख रुपैयाँबराबरको बिक्री गरेको छ। 

तेस्रो नम्बरमा सनी सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ४२) परेको छ। यो ब्रोकरले २६ करोड १६ लाख रुपैयाँबराबरको खरिद गरेको छ भने २० करोड ३५ लाख बराबरको बिक्री गरेको छ। 

चौथोमा भिजन सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ३४) रहेको छ। भिजनले २५ करोड ८४ लाख रुपैयाँबराबरको खरिद गरेको छ भने १९ करोड ९५ लाख रुपैयाँबराबरको बिक्री गरेको छ। 

एबीसी सेक्युरिटिज (स्टक ब्रोकर नम्बर १७) पाँचौँ स्थानमा छन्। एबीबीले १८ करोड ३५ लाख रुपैयाँको खरिद गरेको छ भने २६ करोड १७ लाख रुपैयाँबराबरको   बिक्री गरेको छ। 

छैटौँ स्थानमा अनलाइन सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ४९) रहेको छ। अनलाइन सेक्युरिटिजले २३ करोड २५ लाख रुपैयाँबराबरको सेयर खरिद गरेर १९ करोड ५५ लाख रुपैयाँबराबरको बिक्री गरेको छ। 

दीपशिखा धितोपत्र कारोबार कम्पनी (ब्रोकर नम्बर ३८) सातौँ स्थानमा छ। यो कम्पनीले २२ करोड २९ लाख रुपैयाँबराबरको खरिद गरेको छ भने २० करोड २३ लाख रुपैयाँबराबरको बिक्री गरेको छ। 

आठौँ स्थानमा आर्यतार इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिस (स्टक ब्रोकर नम्बर ५७) रहेको छ। आर्यतारले १९ करोड ४९ लाखबराबरको खरिद र १८ करोड २९ लाखबराबरको बिक्री गरेको छ। 

आज १५ करोड रुपैयाँ सेयर खरिद गरेको त्रिशक्ति सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ४८) नवौँ स्थानमा छ। यो कम्पनीले २१ करोड ११ लाख रुपैयाँबराबरको सेयर बिक्री गरेको छ। 

दसौँ स्थानमा डाइनामिक मनी म्यानेजमेन्ट सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ४४) ले ११ करोड ७१ लाख रुपैयाँबराबरको सेयर खरिद गरेको छ भने २४ करोड ५ लाख रुपैयाँबराबरको बिक्री गरेको छ।  

आज नागरिक स्टक डिलरले जम्मा ८२ लाख ७७ हजार रुपैयाँबराबरको सेयर खरिद गरेर १ करोड ७ लाख रुपैयाँको बिक्री गरेको छ। कारोबारका हिसाबले नागरिक स्टक डिलर पुछारमा रहेको छ।