काठमाण्डौ। साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा झन्डै ८० अंकले ओरालो लागेको छ। उच्च अंकको गिरावट आए पनि हिजोको तुलनामा आज कारोबार रकम भने २ अर्ब ११ करोड रुपैयाँले बढी भएको छ। 

आज पनि उच्च कारोबार गर्ने ब्रोकर कम्पनीहरुमा खासै परिवर्तन भएको छैन। आजका १० वटा उच्च कारोबार ब्रोकरमा ६ वटाले बढी अमाउन्टको बिक्री गरेका छन् भने ४ वटाले बढी अमाउन्टको खरिद गरेका छन्। 

आज पनि उच्च कारोबार गर्ने ब्रोकरहरुको सूचीको पहिलो नम्बरमा नासा सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ५८) नै छ। नासाले आज २७ करोड २७ लाख रुपैयाँबराबरको सेयर खरिद गरेको छ भने ६६ करोड ८४ लाख रुपैयाँबराबरको बिक्री गरेको छ। 

दोस्रो स्थानमा इम्पेरियल सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ४५) परेको छ। यो ब्रोकरले आज ३६ करोड ४५ लाखबराबरको सेयर खरिद गरेको छ। इम्पेरियलले २६ करोड ९७ लाख रुपैयाँबराबरको बिक्री गरेको छ। 

उच्च कारोबारको हिसाबले तेस्रो नम्बरमा अनलाइन सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ४९) रहेको छ। यो ब्रोकरले आज २६ करोड ८१ लाख रुपैयाँबराबरको खरिद गरेर २३ करोड ९७ लाख रुपैयाँबराबरको बिक्री गरेको छ। 

यसैगरी चौथो स्थानमा आर्यतार इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ५७) रहेको छ। आर्यतारले २६ करोड ३५ लाख रुपैयाँबराबरको खरिद गरी २२ करोड ४२ लाख रुपैयाँबराबरको बिक्री गरेको छ। 

आज पाँचौँ स्थानमा भिजन सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ३४) छ। यो ब्रोकरले आज २४ करोड ४६ लाख रुपैयाँ बराबरको खरिद गरेको छ भने २३ करोड रुपैयाँबराबरको बिक्री गरेको छ। 

दीपशिखा धितोपत्र कारोबार कम्पनी (स्टक ब्रोकर नम्बर ३८) उच्च कारोबार गर्ने ब्रोकरको सूचीमा छैटौँ स्थानमा परेको छ। दीपशिखाले २२ करोड २८ लाख रुपैयाँबराबरको सेयर खरिद गरेर २३ करोड ९० लाख रुपैयाँबराबरको बिक्री गरेको छ। 

सातौँ स्थानमा आज एबीसी सेक्युरिटिज (स्टक ब्रोकर नम्बर १७) परेको छ। यो ब्रोकरले १७ करोड ४४ लाख रुपैयाँबराबरको खरिद गरेको छ भने २४ करोड ३७ लाख रुपैयाँबराबरको बिक्री गरेको छ। 

आठौँ स्थानमा रहेको सनी सेक्युरिटिज कम्पनी लिमिटेडले १९ करोड ५२ लाखबराबरको खरिद गरेको छ। सनीले आज २० करोड ८४ लाख रुपैयाँबराबरको बिक्री गरेको छ। 

श्रीकृष्ण सेक्युरिटिज (स्टक ब्रोकर नम्बर २८) आज कारोबारको हिसाबले नवौँ स्थानमा छ। यो ब्रोकरले १९ करोड ३१ लाख रुपैयाँबराबरको सेयर खरिद गरेर १९ करोड ४६ लाख रुपैयाँबराबराकै बिक्री गरेको छ। 

दसौँमा त्रिशक्ति सेक्युरिटिज पब्लिक लिमिटेड (स्टक ब्रोकर नम्बर ४८) रहेको छ। त्रिशक्तिले १३ करोड ९६ लाख रुपैयाँबराबरको खरिद गरेको छ भने १९ करोड ५४ लाख रुपैयाँबराबरको बिक्री गरेको छ। 

आज नागरिक स्टक डिलरले २ करोड रुपैयाँबराबरको सेयर खरिद गरेको छ भने २५ लाख २७ हजार रुपैयाँबराबरको बिक्री गरेको छ।