काठमाण्डौ। धितोपत्र कारोबार हुने साताको तेस्रो दिन मंगलबार सेयर बजार भारी अंकले उकालो लागेको छ। आज सेयर भोलुम र कारोबार दुवै बढेको छ।
आज उच्च कारोबार गर्ने १० ब्रोकर कम्पनीहरुमध्ये धेरै अधिकांशले सेयर बिक्रीभन्दा खरिदलाई बढी जोड दिएका छन्। आज पनि उच्च कारोबार गर्ने ब्रोकरहरुको सूचीमा पहिलो स्थानमा नासा सेक्युरिटिज (स्टक ब्रोकर ५८) नै छ। नासाले आज ५७ करोड ७७ लाख रुपैयाँबराबरको खरिद गरेको छ भने २७ करोड ४६ लाख रुपैयाँबराबरको बिक्री गरेको छ।
यसैगरी उच्च कारोबारको हिसाबले दोस्रो स्थानमा त्रिशक्ति सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ४८) रहेको छ। यो ब्रोकरले पनि ३३ करोड ४३ लाख रुपैयाँबराबरको खरिद गरेको छ भने १८ करोड ७२ लाख रुपैयाँबराबरको बिक्री गरेको छ।
तेस्रो नम्बरमा इम्पेरियल सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ४५) रहेको छ। इम्पेरियलले पनि २७ करोड ४५ लाख रुपैयाँबराबरको सेयर खरिद गरेर २१ करोड ९२ लाख रुपैयाँबराबरको बिक्री गरेको छ।
अनलाइन सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ४९) उच्च कारोबार गर्नेको सूचीमा चौथो स्थानमा छ। अनलाइनले २१ करोड ४५ लाख रुपैयाँबराबरको सेयर खरिद गर्दै २३ करोड ३८ लाख रुपैयाँबराबरको बिक्री गरेको छ।
पाँचौँ स्थानमा दीपशिखा धितोपत्र सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ३८) छ। दीपशिखाले आज २१ करोड ४८ लाख रुपैयाँबराबरको सेयर खरिद गरेको छ। यो ब्रोकरले १९ करोड ८१ लाख रुपैयाँ बराबरको सेयर बिक्री गरेको छ।
उच्च कारोबार गर्ने भिजन सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ३४) छैटौँ स्थानमा छ। भिजनले २४ करोड रुपैयाँबराबरको खरिद गरेको छ भने १७ करोड २४ लाख रुपैयाँबराबरको बिक्री गरेको छ।
सातौँमा आर्यतार सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ५७) छ। आर्यतारले आज १८ करोड ६१ लाख रुपैयाँबराबरको खरिद गरेको छ भने २० करोड ८७ लाख रुपैयाँबराबरको बिक्री गरेको छ।
उच्च कारोबार गर्ने ब्रोकरको सूचीमा श्रीहरि सेक्युरिटिज (स्टक ब्रोकर नम्बर २८), एबीसी सेक्युरिटिज (स्टक ब्रोकर नम्बर १७) र सनी सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ४२) क्रमशः आठौँ, नवौँ र दसौँ स्थानमा छन्।
श्रीहरिले १४ करोड ४९ लाख रुपैयाँबराबरको सेयर खरिद गरेर २२ करोड रुपैयाँबराबरको बिक्री गरेको छ। एबीसीले पनि ९ करोड ७७ लाख रुपैयाँबराबरको खरिद गर्दै २४ करोड रुपैयाँबराबरको बिक्री गरेको छ। सनीले १५ करोड ४४ लाख रुपैयाँबराबरको सेयर खरिद गरेको छ भने १५ करोड ९७ लाख रुपैयाँबराबरको बिक्री गरेको छ।
आज नागरिक स्टक डिलरले ७१ लाख रुपैयाँबराबरको मात्र सेयर खरिद गरेको छ। यो कम्पनीले ७६ लाख रुपैयाँबराबरको सेयर बिक्री गरेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19