काठमाण्डौ । साताको दोस्रो काराबारको दिन सोमबार दिनभर तीव्र उतारचढाव भएको सेयर बजार अन्तिम समयमा ३.६५ अंकले घटेको छ।
ब्रोकर हाउसमा भेटिएका केही लगानीकर्ताले तरल राजनीतिक अवस्था देखाएर लगानीकर्तालाई त्रसित पारेर सेयर कुम्लाएको आरोप लगाएका छन्। अब सरकारमा जो आए पनि बजारलाई त्यति ठूलो असर नपर्ने उनीहरुको तर्क छ।
आज उच्च कारोबार गर्ने शीर्ष १० ब्रोकरमा ८ वटाको खरिद बढी र २ वटाको बिक्री बढी देखिएको छ। आज उच्च कारोबार गर्ने शीर्ष १० मा नासा सेक्युरिटिज (स्टक ब्रोकर नं. ५८) को पहिलो स्थानमा छ।
नासाले खरिद बढी गरेको देखिन्छ। नासाले १८ करोड १ लाख रुपैयाँबराबरको सेयर खरिद गरेको देखिएको छ भने १० कारोड २१ लाख रुपैयाँबराबरको सेयरमात्रै बिक्री गरेको देखिएको छ। यस हिसाबले यो ब्रोकरको बिक्रीभन्दा खरिद बढी रहेको छ।
कारोबारका हिसाबले दोस्रोमा आज इम्पेरियल सेक्युरिटिज (स्टक ब्रोकर नं. ४५) रहेको छ। यो ब्रोकरले सेयर खरिद बढी गरेको छ। यो ब्रोकरले ९ करोड ८९ लाख रुपैयाँको सेयर खरिद गरेको छ भने ७ करोड ८४ लाख रुपैयाँबराबरको बिक्री गरेको छ।
यसैगरी शीर्ष कारोबार गर्नेको सूचीको तेस्रो स्थानमा रहेको अनलाइन सेक्युरिटिज (स्टक ब्रोकर नं. ४९ ) ले पनि सेयर खरिदभन्दा बिक्री बढी गरेको देखिन्छ। यो ब्रोकरले ९ करोड ३० लाख रुपैयाँबराबर सेयर खरिद गरेको छ भने ७ करोड २ लाख रुपैयाँको सेयर बिक्री गरेको छ।
चौथो स्थानमा भिजन सेक्युरिटिज (स्टक ब्रोकर नं. ३४) को पनि बिक्री बढी देखिएको छ। यो ब्रोकरले ९ करोड ६१ लाख रुपैयाँबराबरको सेयर बिक्री गर्दा ६ करोड ६२ लाख रुपैयाँबराबरको खरिद गरेको छ।
आर्यतारा इन्भेस्टमेन्ट सेक्युरिटिज (स्टक ब्रोकर नं. ५७) आज उच्च कारोबार गर्ने ब्रोकरको सूचीमा पाँचौँ स्थानमा छ। यो ब्रोकरले ६ करोड १ लाख रुपैयाँको खरिद गरेको छ भने ५ करोड ७८ लाख रुपैयाँको बिक्री गरेको छ।
कारोबारका हिसाबले एबीसी सेक्युरिटिज (स्टक ब्रोकर नं. १७) छैटौँ स्थानमा छ। यो ब्रोकरले ७ करोड ९२ लाख रुपैयाँबराबरको सेयर बिक्री तथा ३ करोड ६८ लाखबराबर रुपैयाँबराबरको सेयर खरिद गरेको छ। यो ब्रोकरले बिक्री बढी देखिएको छ।
सातौँ स्थानमा रहेको डाइनामिक मनी म्यानेजर सेक्युरिटिज (स्टक ब्रोकर नं. ४४)ले खरिद बढी गरेको देखिन्छ। यो ब्रोकरले ५ करोड ७५लाख रुपैयाँको सेयर खरिद गरेर ५ करोड ७० लाख रुपैयाँबराबरको बिक्री गरेको छ।
त्यसैगरी दिपशिखा धितोपत्र कारोबार (स्टक ब्रोकर नं. ३८) आठौँ स्थानमा छन्। यो ब्रोकरको खरिदतर्फ ४ करोड ६१ लाख रुपैयाँ तथा बिक्रीतर्फ ४ करोड ४६ लाख रुपैयाँ रहेको छ।
नवौँ स्थानमा रहेको श्रीकृण सेक्युरेटिज (स्टक ब्रोकर नं. २८)ले ५ करोड ८५ लाख रुपैयाँबराबरको सेयर खरिद गरेर ५ करोड १० लाख रुपैयाँबराबरको सेयर बिक्री गरेको छ। यसले खरिद बढी गरेको छ।
दसौँ स्थानमा प्रिमियर सेक्युरेटिज (स्टक ब्रोकर नं. ३२) रहेको छ। यो ब्रोकरले ५ करोड ९४ लाख रुपैयाँबराबरको सेयर खरिद गरेर ४ करोड ७७ लाख रुपैयाँबराबरको सेयर बिक्री गरेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19