काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा यो साता डेढ दर्जन बढी कम्पनीका सेयरधनीहरु मालामाल भएका छन्।
यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृतमध्ये १९ वटा कम्पनीका सेयरमूल्यमा १० प्रतिशतदेखि ३१.५ प्रतिसम्म उछाल आएको छ। जसमा धेरैजसो जलविद्युत् कम्पनीहरु छन्।
यो साता कामना सेवा विकास बैंकका सेयरधनीहरुमालामाल भएका छन्। यो बैंकको सेयरमूल्यमा ३१.४१ प्रतिशतको बढोत्तरी भएको छ। गत आइतबार प्रतिकित्ता १५६ रुपैयाँ कायम रहेको यो बैंकको सेयरको भाउ बढेर कारोबारको अन्तिम दिन बिहीबार २०५ रुपैयाँ पुगेको छ। यो हिसाबले बैंकका सेयरधनीहरुले प्रतिकित्ता ४९ रुपैयाँ कमाएका छन्।
यसैगरी दिव्यश्वरी हाइड्रोपावरका सेयरधनीहरुले पनि यो साता धेरै कमाए। यो कम्पनीको सेयरमूल्यमा २५ प्रतिशतको हाराहारीमा वृद्धि भएर बिहीबार प्रतिकित्ता ११५ रुपैयाँ कायम भएको छ। यो साताको सुरुको दिन आइतबार दिव्यश्वरी हाइड्रोपावरको सेयरमूल्य ९२ रुपैयाँ रहेको थियो।
यो साता युनियन हाइड्रोपावरका सेयरधनीहरुले प्रतिकित्ता २४ रुपैयाँ कमाएका छन्। यो साता यो कम्पनीको सेयरमूल्यमा २४.४८ प्रतिशतको बढोत्तरी देखिएको छ।
त्यस्तै यो साता नेसनल हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपवार र घलेम्दी हाइड्रोपावरका सेयरमूल्यमा पनि उछाल आएको छ। यी हाइड्रोपवारका सेयरमूल्यमा क्रमशः १९.५४, १८.६५ र १८.२६ प्रतिशतको बढोत्तरी भएको छ।
खानीखोला हाइड्रोपावरको सेयरमूल्य पनि यो साता १७ प्रतिशतले वृद्धि भयो। यो कम्पनीका सेयरधनीहरुले प्रतिकित्ता १७ रुपैयाँ कमाए।
यो साता कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरधनीहरुले प्रतिकित्तामा २५ रुपैयाँ कमाए। यो बैंकको सेयरमूल्य १५.८२ प्रतिशतले बढ्दै बिहीबारसम्म प्रतिकित्ता १८३ रुपैयाँ कायम भएको छ।
हिमाल दोलखा हाइड्रोपवार र जोशी हाइड्रोपावरको सेयरमूल्य पनि यो साता क्रमशः १५.७४ र १५.५३ प्रतिशतले बढेको छ। यी कम्पनीका सेयरधनीहरुले क्रमशः प्रतिकित्ता १७ र १६ रुपैयाँ कमाएका छन्।
यस्तै सांग्रिला डेभलपमेन्ट बैंकको सेयरमूल्य पनि यो साता १५ प्रतिशत हाराहारीमा वृद्धि भयो भने पञ्चकन्या माई हाइड्रोपावर र ग्रिन डेभलपमेन्ट बैंकको सेयरमूल्य १३ प्रतिशत हाराहारीमा वृद्धि भयो।
कर्णाली डेभलपमेन्ट बैंक, आँखुखोला जलविद्युत, सप्तकोशी डेभलपमेन्ट बैंक, मल्टीपर्पस फाइनान्स, सिन्धु विकास बैंक र अरुण काबेली पावरको सेयरमूल्य पनि १० प्रतिशतदेखि १२.५ प्रतिशतसम्म वृद्धि भएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago