काठमाण्डौ । यो साता सेयर बजारमा जम्मा ४ दिन कारोबार भएको छ। यी ४ दिनमा बजारमा करिब ४ अर्ब रुपैयाँमात्रै कारोबार भएको छ। 

यो साता सेयर बजारमा उच्च कारोबार गर्नेमा पहिलो नम्बरमा माछापुच्छ्रे बैंक परेको छ। यो बैंकको १९ करोड ६३ लाख रुपैयाँको सेयर कारोबार गरेको छ। 

दोस्रो नम्बरमा आईएमई लाइफ इन्स्योरेन्स रहेको छ। यो कम्पनीको १५ करोड ९० लाख रुपैयाँबराबरको सेयर कारोबार गरेको छ। 

उच्च कारोबार भएको कम्पनीको सूचीको तेस्रो स्थानमा सोल्टी होटेल रहेको छ। यो होटेलको १४ करोड ५१ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ। 

उच्च कारोबारको हिसाबले चौथो नम्बरमा एसियन लाइफ इन्स्योरेन्स रहेको छ। यो कम्पनीको १३ करोड ११ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। 

पाँचौँ नम्बरमा घोराही सिमेन्ट रहेको छ। यो कम्पनीको ११ करोड ७२ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। 

यसैगरी कारोबारका हिसाबले छैटौँदेखि दसौँ नम्बरसम्म क्रमशः लक्ष्मी सनराइज बैंक (११ करोड ५६ लाख रुपैयाँ), शिवम सिमेन्ट (१० करोड ९३ लाख रुपैयाँ), नबिल बैंक (करिब ९ करोड रुपैयाँ), हिमालयन डिस्टिलरी (८ करोड २८ लाख रुपैयाँ) र नेपाल टेलिकम (८ करोड १८ लाख रुपैयाँ) रहेका छन्।