sun bath
जाडो मौसम सुरु भइसकेको छ र दिनहरु पनि छोटिदैछन् । तपाईंले पर्याप्त मात्रामा घाममा बस्न नपाउनुभएको हुन सक्छ, जसका कारण सूर्यको प्रकाशबाट पाउने भिटामिनको अभाव हुन सक्छ । आफ्नो कार्यव्यस्तताका कारण कतिपय मानिसले आफूलाई चाहिने घामको प्रकाश लिन नपाउँदा औषधी खान बाध्य छन् । घामको प्रकाश स्वास्थ्यका लागि नभई नहुने तत्व हो । किनकी यसले मुड फ्रेस गर्छ, मेटाबोलिजम शसक्त बनाउँछ र स्वास्यसम्बन्धी अन्य समस्याबाट जोगाउँछ । सूर्यको प्रकाशमा एक्सपोज हुनुका फाईदा यस्ता छन्ः
रक्तचाप घटाउँछः युनिर्भसिटी अफ इडनबर्गका अनुसन्धानकर्ताहरुका अनुसार नाईट्रिक अक्साइडले रक्तचाप न्यून गर्न सहयोग गर्छ । सूर्यको प्रकाश छालामा पर्ने वित्तिकै रक्तनलीमा नाइट्रिक अक्साइड निस्काशन हुन्छ । तसर्थ बिहानको वा अन्य समयको घाममा बस्दा रक्तचापका बिरामीका लागि फाइदा हुन्छ ।
प्रतिरोधात्मक क्षमता बृद्धि गर्छः रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्न भिडामिन डीको सर्वोपरी महत्व हुन्छ । भिडामिन डीले कोषहरुलाई बुढो हुनबाट जोगाउँछ । घामले कुनै पनि ब्याक्टेरिया वा भाइरसको सम्भावित आक्रमणबाट बचाउँछ ।
हड्डी बलियो बनाउँछ : सूर्यको प्रकाशले ताप दिदा भिटामिन डी ३ बन्छ । भिडामिन डी ३ ले शरिरमा क्याल्सियम र म्याग्नेसियम सोस्न सहयोग गर्छ । भीटामिन डी ३ र हड्डीको बृद्धि तथा बिकासबीच प्रत्यक्ष सम्बन्ध रहेको नयाँ अध्ययनहरुले देखाएका छन् । शरिरमा उच्च मात्रामा डी ३ भएमा जोर्नीको दुखाई कम गर्ने र हातखुट्टा वा शरिरका अन्य अंग भाँचिने खतरा कम हुन्छ ।
छालालाई फाइदा गर्छः सूर्यको प्रकाशले शरिरको छालालाई पनि फाइदा गर्छ । निरन्तर घाममा बस्दा छालाजन्य विभिन्न रोग र संक्रमण लाग्दैन ।
श्वासप्रश्वाससँग सम्बन्धित रोगको सम्भावना घटाउँछ : भिटामिन डीको कमि हुने बालबालिकामा श्वासप्रश्वास सम्बन्धी रोग र एलर्जीको खतरा हुन्छ । अमेरिकाको युनिर्भसिट अफ कोलोराडोका अनुसन्धानकर्ताहरुका अनुसार घामले बृद्धबृद्धामा संक्रमणबिरुद्ध लड्ने प्रतिरोधात्मक क्षमता बढाउँछ ।
डिप्रेसनबाट जोगाउँछः सूर्यको प्रकाशले मानिसको भावना र आवेगमा समेत असर गर्छ । नियमित घाममा बस्ने मानिस डिप्रेसन तथा स्ट्रेसबाट बचाउछ । घामले शरिरलाई मनोवैज्ञानिक ऊर्जा दिन्छ ।
-Agency
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago