काठमाण्डौ । आर्थिक वर्ष २०७४ ७५ का लागि नेपाल स्टक एक्सचेञ्जले १०९ सूचिकृत कम्पनीहरुलाई ‘क’ वर्गमा वर्गीकृत गरेको छ ।
नेप्सेले धितोपत्र सूचिकरण विनियमावली २०५३ को विनियम १४ को उपविनियम (२)ले व्यवस्था गरेका शर्तहरु पूरा गर्ने कम्पनीहरुलाई ‘क’ वर्गमा वर्गीकृत गरेको हो ।
चुक्तापूँजी कम्तीमा २ करोड भएको, साधारण सेयरधनीहरुको संख्या कम्तीमा १००० भएको, कम्तीमा ३ वर्षदेखि लगातार मुनाफामा रहेको, शेयरको किताबी मूल्य चुक्ता मूल्यभन्दा कम नभएको र आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र उक्त आर्थिक वर्षको कारोबार तथा आयव्यय विवरण पेश गरेका शर्त पूरा गर्ने कम्पनीहरुलाई नेप्सेले ०५३ ५४ देखि नै ‘क’ वर्गमा राख्दै आएको छ ।
अघिल्लो वर्ष १११ कम्पनी ‘क’ वर्गमा परेकामा यसवर्ष घटेर ११० कम्पनी मात्र ‘क’ वर्गमा परेका छन् । जसमध्ये २७ वाणिज्य बैंक, अन्य समूहबाट २, जलविद्युत समूहबाट ५, होटल समूहबाट २, बिमा समूहबाट १६, बित्त समूहबाट ११, विकास बैंक समूहबाट २१, माइक्रोफाइनान्स समूहबाट २६ कम्पनीमा ‘क’ वर्गमा परेका छन् । नेप्सेले २०६ कम्पनीलाई सूचिकृत गरेको छ ।
कुन–कुन कम्पनी परे ‘क’ वर्गमा हेरौं सूचि:
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19