काठमाण्डौ। यतिबेला कोरोनाभाइरसको प्रभाव विश्वका आधीभन्दा बढी देशमा फैलिसकेको छ। यो भाइरसले दिनहुँ सयौँको संख्यामा ज्यान लिइरहेको छ।
संक्रमणका नयाँनयाँ घटनाहरु बाहिर आइरहेका छन्। कोरोनाको प्रभाव बढेसँगै यसबाट बच्न मानिसहरु विभिन्न उपाय अबलम्बन गरिरहेका छन्।
सर्जिकल मास्क र सेनिटाइजरको माग बजारमा ह्वात्तै बढेको छ। माग बढेपछि यसको आपूर्तिमा कमी देखिएको छ। यहीबेला व्यापारीहरुले सर्जिकल मास्क र सेनिटाइजरको कालोबजारी पनि गरिरहेका छन्।
सेनिटाइजरले नियमित हात धुुनुु कोरोनाभाइरसबाट बच्ने उत्तम उपायमध्ये एक हो। बजारमा सेनिटाइजर नपाइने र पाए पनि महँगोमा पाइने भएकाले सबैको पहुँचमा नहुुन पनि सक्छ।
त्यसैले सेनिटाइजर जत्तिकै काम गर्ने यसका अन्य विकल्प पनि छन्। जुुन हामी तपाइँहरुलाई यहाँ बताउँदैछौँ।
१. स्प्रिट : यसको प्रयोग सेनिटाइजरका रुपमा गर्न सकिन्छ। चिकित्सकले यसको प्रयोग खोप लगाउनुुभन्दा अघि छाला सफा गर्न प्रयोग गर्ने गर्दछन्। यसले संक्रमण हुुनबाट बचाउने गर्दछ। यो मेडिकल स्टोरमा सहजै उपलब्ध हुुने गर्दछ। यसबाट हात पुुछ्दासमेत कोरोनाभाइरसबाट बच्न सकिन्छ। त्यसैले सेनिटाइजरको उत्तम विकल्पका रुपमा यसलाई लिन सकिन्छ।
२. इथायल अल्कोहोल : यो पनि भाइरस मार्ने एउटा उपयुुक्त साधन हो। यसमा जम्मा ५ प्रतिशत पानी मिसिएको हुुन्छ। त्यसैले यसमा २० देखि २५ प्रतिशत उमालेर चिसो पारिएको अतिरिक्त पानी मिसाएर सफा बोतलमा भर्नुुस्। यसरी भरेको बोतलबाट नियमित रुपमा हात धुुन सकिन्छ। यसले संक्रमणको जोखिमबाट तपाइँलाई टाढा राख्न मद्दत गर्दछ। यो पनि कुुनै पनि मेडिकल स्टोरमा पाइन्छ।
३. लिक्विड सोप : साबुुनको प्रयोगले कुुनै पनि भाइरसलाई सुुरुआती सतहबाट पखाल्न सहयोग गर्ने गर्दछ। तर साबुुनले हात धुँुदा ४० सेकेन्डसम्म भने हात मिचिरहनुु पर्दछ र सफा पानीले पखालेर सफा कपडाले पुुछ्नुुपर्दछ।
ध्यान दिनुुपर्ने कुुरा
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago