काठमाण्डौ। विश्वकै चौथो धनव्यक्ति वारेन बफेट सेयर बजारका बादशाहका चर्चित छन्। जुन सेयरमा उनी पैसा लगाउँछन्, तिनै सेयरमा लगानीकर्ताहरु झुम्मिन्छन्।
त्यसो त प्रायः लगानीकर्तालाई वारेन बफेटले कुन–कुन सेयरमा लगानी गरेका छन् भन्ने थाहा छ। यद्यपि केही यस्ता सेयरमा पनि वारेन बफेट लगानी गरेका छन्, जसलाई गोप्य राखेका छन्।
वारेन बफेट यसरी गोप्य राखेका तिनै सेयरमध्ये ३ सेयरका बारेमा हालै खुलासा भएको छ।
यस्ता छन् वारेन बफेटले गोप्य रुपमा लगानी गरेका ३ सेयर
वारेन बफेटले भेरिजोन कम्युनिकेसन्स इन्डस्ट्री इनकर्पोरेसन, इन्स्योरेन्स ब्रोकर मार्स एन्ड म्याकलेनन कस्टोमर सर्भिस र चेभरोन कर्पोरेसनका सेयरमा गरेको लगानी गुपचुप राखेका थिए। पछिल्ला केही महिनामा वारेन बफेटको कम्पनी बर्कशायर हाथवे इनकर्पोरेसनले एप्पल इनकर्पोरेसनमा आफ्ना हिस्सा घटाएको छ।
गत मंगलबार जारी जारी एक दस्तावेजमा एप्पल इनकर्पोरेसनमा आफ्ना हिस्सा घटाएको देखाइए पनि वारेन बफेटले यी ३ कम्पनीका सेयरहरुमा गरिएको लगानी तेस्रा त्रैमासको वित्तीय विवरणमा देखाएका छैनन्।
वारेन बफेट जब यी कम्पनीका सेयरहरुमा लगानी गरेको खबर सार्वजनिक भयो तब यी कम्पनीका सेयरहरुमा उछाल आउन थालेको छ।
कति बढ्यो ती सेयरको भाउ ?
बर्कशायरले चेभरोनमा करिब ४.१ अर्ब डलर लगानी गरेको छ। जब कि मार्स एन्ड म्यालेननमा ४९.९ करोड डलर र भेरीजानमा ८.६ अर्ब डलर लगानी गरिएको छ। पहिलो पनि बर्कशायरले भेरीजोनमा लगानी गरेको थियो तर सन् २०१९ मा सबै सेयर बेचेको थियो।
वारेन बफेटको कम्पनीले भेरीजोनमा फेरि लगानी गरेको खबर सार्वजनिक भएपछि यो कम्पनीको सेयरमूल्य २.७ प्रतिशतले प्रतिकित्ता ५५.५९ डलर पुगेको छ। त्यस्तै चेभरोनको सेयरमा २.४ र मार्स एन्ड म्याकलेननको सेयरमूल्य १ प्रतिशतले बढेको छ। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago