मानिस त्यतिखेर मात्र आकर्षक मानिन्छन्, जतिखेर उनीहरूको शरीर मजबूत र गँँठिलो हुन्छ । यसका लागि मांसपेशी मजबूत हुनु जरूरी हुन्छ । मांसपेशी मजबूत बनाउन केही घण्टा जिममा बिताएर मात्र हुँदैंन, सही डाइट योजना पनि आवश्यक हुन्छ । खानपानमा राम्ररी ध्यान दिएमा मांसपेशी मजबूत हुनुका साथै शरीर आन्तरिक रुपमा समेत बलियो बन्छ । यहाँ शरीर मजबूत बनाउन सहयोग गर्ने केही खानाका बारेमा उल्लेख गरिएको छ :

गोलभेंडा : गोलभेंडामा लाइकोपीन नामक पदार्थको मात्रा धेरै हुन्छ । लाइकोपीन बिरुवामा पाइने एक प्राकृतिक रासायनिक पदार्थ हो । यो आफ्नो एन्टिअक्सिडेन्ट गुणका लागि प्रसिद्ध छ । यसले प्रोस्टेट, फोक्सो र पेटको क्यान्सर निको पार्न मद्दत गर्छ । यसका साथै अनुहारमा कान्ति ल्याउन पनि गोलभेंडा लाभदायी हुन्छ ।

अण्डा : मांसपेशी मजबूत बनाउनुछ भने अण्डालाई नियमित भोजनमा समावेश गर्नुपर्छ । अण्डामा एमिनोएसिड पाइन्छ । साथै यसको पहेंलो भागमा प्रोटिन र ल्यूटेनजस्ता तत्व हुन्छन्, जसले शरीरलाई बलियो बनाउछ ।

ड्राइ फ्रुट्स : ड्राइ फ्रुट्स तथा बदाममा भरपूर मात्रामा प्रोटिन पाइन्छ । अधिकांश डाइटिसियन शरीर बनाउन ड्राइ फ्रुट्स सेवन गर्न सुझाव दिन्छन् । यसलाई काँचै या भुटेर खान सकिन्छ । यसमा चिल्लो पदार्थ, फाइबर, भिटामिन, एन्टिअक्सिडेन्ट पाइन्छ, जसबाट मांसपेशी मजबूत हुन्छ ।

उमारिएको अन्न : उमारिएको अन्न पुरुषको स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ । यो पोषक तत्वले भरपूर हुन्छ । साथै यो जिंकजस्ता पोषक तत्वको स्रोत पनि हो, जो पुरुषमा कमजोरी तथा नपुसंकताको समस्या कम गर्न सहायक साबित हुन्छ र मांसपेशी पनि मजबूत पार्छ ।

बदाम : बदाममा जिंकका साथै भरपूर मात्रामा अम्ल पाइन्छ । यस्तो अम्ल पुरुषका लागि लाभकारी हुन्छ । यसको सेवनले पुरुषमा आउने कमजोरी हट्छ ।

लसुन : लसुनको सेवन पनि पुरुषका लागि फाइदाजनक हुन्छ । लसुनमा एन्टिब्याक्टेरियल तथा एन्टिभाइरल तत्व पाइन्छ, जसले शरीरमा रोग प्रतिरोधक क्षमता बढाउछ । साथै यसमा एन्टिअक्सिडेन्ट गुण पनि पाइन्छ ।

ब्रोकाउली : ब्रोकाउली खानाले शरीरमा चमत्कारिक लाभ हुन्छ । यसमा पाइने आइसोथायोसाइनेट्सले क्यान्सर उत्पन्न गर्ने कोशिकाको प्रभाव कम गर्न सहयोग गर्ने इन्जाइम निर्माणमा पनि सघाउ पु¥याउछ । यसमा भिटाभिन सि हुने भएकाले पुरुषको स्वास्थ्यका लागि अचूक औषधि मानिएको छ ।

ग्रीन टी : ग्रीन टीको सेवन पुरुषका लागि निकै राम्रो मानिन्छ । ग्रीन टीमा पोलिफिनाइल प्रचूर मात्रामा पाइन्छ, जसले क्यान्सर रोक्छ । ग्रीन टी दिनहुँ सेवन गर्नाले पेट तथा कलेजोको रोग निको हुन्छ ।

आँप र मेवा : आँप र मेवा दुवैमा प्रचूर मात्रामा भिटामिन ए पाइन्छ । आँपमा एमिनो एसिड, भिटामिन ए, सि, इ, नियासिन, भिटाकेरोटिन, आइरन, क्याल्सियम र पोटासियम पाइन्छ । मेवामा भने पर्याप्त मात्रामा भिटामिन बि, सिका साथै एन्टिअक्सिडेन्ट पाइन्छ । यी दुवै फलको बोक्रामा बायोफ्लाबेनोइड पाइन्छ । यिनीहरूलाई पुरुषले आफ्नो डाइटमा सामेल गर्नु जरुरी हुन्छ ।

क्याप्सिकम (नेपालीमा भेंडे खुर्सानी)  : यो पनि पुरुषका लागि लाभदायी हुन्छ । केही अनुसन्धानअनुसार रातो क्याप्सिकममा सुन्तलाको रसको तुलनामा तीन गुणा बढी भिटामिन हुन्छ । यसैले फ्ल्यावोनोइड्सका लागि रातो क्याप्सिकम प्रभावी हुन्छ ।

अनार : अनारको जूस डाइटमा सामेल गर्नुपर्छ । दैनिक एक गिलास अनारको जूस पिउनाले पुरुषको प्रोस्टेट समस्या कहिल्यै देखापर्दैन ।

कोदो : कोदो क्याल्सियमको सबैभन्दा ठुलो स्रोत हो । यसले पुरुषमा ओष्टियोपोरोसिसबाट बचाउछ । यसका साथै यो जिंक तथा रेशाको राम्रो स्रोत पनि हो । यसको नियमित सेवनले डाइबिटिज तथा मोटोपनबाट समेत बच्न सकिन्छ ।

फर्सी : फर्सीमा फाइबर, भिटामिन, खनिज तथा कैयौं स्वास्थ्यवद्र्धक एन्टिअक्सिडेन्ट पाइन्छ । यसको यिनै गुणका कारण नियमित सेवनले छालालाई सधैं ताजा बनाइराख्छ ।

सोया : सोयामा हुने आइसोफ्लाईवोन्सले प्रोस्टेट हुनबाट जोगाउछ । यसले प्रोस्टेट क्यान्सरको खतरा कम गर्छ । दिनहुँ २५ ग्राम सोया प्रोटिनको सेवनले कोलेस्टेरोलको स्तर पनि कम गर्छ ।

कम चिल्लोयुक्त दुग्ध उत्पादन : कमचिल्लोयुक्त दुग्धपदार्थ दूध, दही, महीजस्ता पदार्थमा प्रोटिनको मात्रा अधिक हुन्छ । एक कप दूधमा करीब ८ मिलिग्राम कार्निटिन पाइन्छ । दूधबाट बन्ने चिजमा क्याल्सियम, भिटामिन भएजस्ता आवश्यक पोषक तत्व मौजूद हुन्छ । यसका अलावा यसमा कार्बोहाइड्रेट तथा भिटामिन डी पनि राम्रो पाइन्छ, जसबाट मांसवेशी मजबूत हुन्छ ।

फल तथा तरकारी : मांसपेशीलाई मजबूत पार्न फल तथा तरकारी भरपूरमात्रामा सेवन गर्नुपर्छ । यसमा भिटामिन, मिनरल्स तथा कैयौं पोषकतत्व तथा प्रोटिन पाइन्छ ।

-Agency