काठमाण्डौ । समयमै काम पूरा नगर्ने र सामान आपूर्ति नगर्ने ९ वटा कम्पनीलाई कालोसूचीमा राखिएको छ। 

सार्वजनिक खरिद अनुगमन कार्यालयले ९ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा राखेको हो। जसमा धनुषाको लर्ड शिवा जेनरल सप्लायर्स, नुवाकोटको जीके/रेहान एन्ड सुन्दरा जेभी, काठमाण्डौको नेपालय आर्किटेड एन्ड बिल्डर्स प्रालि, सुनसरीको नुरानी कन्स्ट्रक्सन, झापाको फ्रेन्ड्स् अर्विट कन्स्ट्रक्सन सर्भिसेस, नुवाकोटको जलदेवी निर्माण सेवा, दैलेखको न्यु बेलासपुर कन्स्ट्रक्सन र ललितपुरको साथीभाइ निर्माण सेवा रहेका छन्।

यीमध्ये नुरानी कन्स्ट्रक्सनलाई २ वर्ष र बाँकी सबैलाई १ वर्ष अवधिका लागि कालोसूचीमा राखिएको छ। कालोसूचीमा राखिएको अवधिभर यी कम्पनीले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन्।