काठमाण्डौ। साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार झन्डै ६० अंकले अंकले ओरालो लागेको छ। हिजोको तुलनामा आज झन्डै ४१ करोडले कारोबार घटेको छ।
घटेको बजारमा पनि केही ब्रोकर कम्पनीहरुले उच्च कारोबार गरेका छन्। उच्च कारोबार गर्ने १० ब्रोकर कम्पनीहरुमा नासा सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ५८) पहिलो स्थानमा छ। नासाले आज पनि खरिदभन्दा बढी बिक्री गरेको छ। नासाले आज १६ करोड ४१ लाख रुपैयाँबराबरको सेयर खरिद गरेको छ भने ५३ करोड ६५ लाख रुपैयाँबराबरको बिक्री गरेको छ।
दोस्रो स्थानमा इम्पेरियल सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ४५) रहेको छ। यो ब्रोकरले आज बिक्रीभन्दा बढी खरिद गरेको छ। इम्पेरियलले २६ करोड १९ लाख रुपैयाँबराबरको सेयर खरिद गरेर २३ करोड ५० लाख रुपैयाँबराबरको बिक्री गरेको छ।
उच्च कारोबार गर्ने तेस्रो ब्रोकरमा अनलाइन सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ४९) रहेको छ। यो ब्रोकरले आज २३ करोड ६५ लाख रुपैयाँबराबरको सेयर खरिद गरेको छ भने १५ करोड २२ लाख रुपैयाँबराबरको बिक्री गरेको छ।
चौथोमा स्थानमा त्रिशक्ति सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ४८) परेको छ। त्रिशक्तिले आज झन्डै २४ करोड रुपैयाँबराबरको सेयर खरिद गरेको छ। यो ब्रोकरले १५ करोड २२ लाख रुपैयाँबराबरको सेयर बिक्री गरेको छ।
आर्यतार सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ५७) उच्च कारोबारको हिसाबले पाँचौँ स्थानमा छ। अर्यातारले १८ करोड ३० लाख रुपैयाँबराबरको सेयर खरिद गरेर २० करोड रुपैयाँबराबरको बिक्री गरेको छ।
छैटौँ स्थानमा भिजन सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ३४) छ। भिजनले आज १९ करोड ६० लाख रुपैयाँबराबरको सेयर खरिद गरेको छ। आज १८ करोड ५४ लाख रुपैयाँबराबरको सेयर बिक्री गरेको छ।
दिपशिखा धितोपत्र कारोबार कम्पनी (स्टक ब्रोकर नम्बर ३८) उच्च कारोबार गर्ने ब्रोकरको सूचीको सातौँ स्थानमा छ। दिपशिखाले १६ करोड ७४ लाख रुपैयाँबराबरको सेयर खरिद गरेर १६ करोड ८४ लाख रुपैयाँबराबरको गरेको छ।
आठौँमा स्थानमा आज श्रीहरि सेक्युरिटिज (स्टक ब्रोकर नम्बर २८) परेको छ। श्रीहरिले आज १६ करोड ८९ लाख रुपैयाँबराबरको खरिद गरेको छ। यो ब्रोकरले आज १३ करोड ७९ लाख रुपैयाँबराबरको सेयर बिक्री गरेको छ।
उच्च कारोबार गर्ने ब्रोकरको सूचीको नवौँ र दसौँ स्थानमा क्रमशः एबीसी सेक्युरिटिज (स्टक ब्रोकर नम्बर १७) र सनी सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ४२) परेका छन्।
एबीसीले १४ करोड ४३ लाख रुपैयाँबराबरको खरिद गरेर १६ करोड रुपैयाँबराबरको बिक्री गरेको छ। सनीले १४ करोड १४ लाख रुपैयाँबराबरको सेयर खरिद गरेको छ भने १३ कारोड ४० लाख रुपैयाँबराबरको बिक्री गरेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19