– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । लामो समयको रस्साकस्सीपछि अबको केही महिनाभित्रै ३३ वटा ब्रोकर हाउसले नयाँ टीएमएस सञ्चालनमा ल्याउने भएका छन्। 

नेप्सेबाट एलओआई पाइसकेका ती ब्रोकरले भौतिक पूर्वाधार पनि तयार गरिसकेका छन्। अब नेप्सेले परीक्षण गर्नमात्र बाँकी छ। 

नयाँ टीएमएस सञ्चालन ल्याउन अहम् भूमिका निर्वाह गरेको त्रिशक्ति सेक्युरिटिज (ब्रोकर नं. ४८)का सञ्चालक टंकप्रसाद गौतमका अनुसार आगामी वैशाखसम्म नयाँ टीएमएस सञ्चालनमा आउनेछ। 

नयाँ टीएमएसमा अहिले भएको टीएमएसमा भन्दा बढी फिचर भएको र अन्तर्राष्ट्रियस्तरको रहेको ब्रोकरहरुको दाबी छ। 

हाल सञ्चालनमा रहेका ५० वटा ब्रोकरमध्ये नासा सेक्युरिटिजले भारतीय कम्पनीको छुट्टै टीएमएस सञ्चालन गर्ने नेप्सेसँग अनुमति दिएको छ। अन्य ३३ वटा ब्रोकरले श्रीलंकन कम्पनीको टीमएस चलाउनेछन्। बाँकी ब्रोकरहरुले अहिलेकै टीमएसबाट काम गर्नेछन्। 

श्रीलंकाको आइरनवान टेक्नोलोजिजको टीएमएस चलाउने ब्रोकरहरु

  • सेक्युर्ड सेक्युरिटिज
  • एबीसी सेक्युरिटिज
  • नेपाल स्टक हाउस
  • डाइनामिक मनी म्यानेजर सेक्युरिटिज
  • आर्यतारा इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज
  • सुन्धारा सेक्युरिटिज
  • निभ सेक्युरिटिज
  • दीपशिखा 
  • श्वेता सेक्युरिटिज
  • क्रिस्टल कञ्चनजंघा सेक्युरिटिज
  • साउथ एसियन बुल्स 
  • क्रिएटिभ सेक्युरिटिज
  • कालिका सेक्युरिटिज
  • दक्षिणकाली इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज
  • इन्भेस्टमेन्ट म्यानेजमेन्ट
  • अग्रवाल सेक्युरिटिज
  • सेवा सेक्युरिटिज
  • प्रज्ञान सेक्युरिटिज
  • अनलान सेक्युरिटिज
  • भृकुटी स्टक ब्रोकिङ
  • अरुण सेक्युरिटिज
  • स्टक ब्रोकर ओपल
  • मार्केट सेक्युरिटिज
  • आशुतोष ब्रोकरेज
  • स्वर्णलक्ष्मी सेक्युरिटिज
  • नेपाल इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज
  • त्रिशूल सेक्युरिटिज
  • सुमेरु सेक्युरिटिज
  • लिन्च स्टक मार्केट
  • दिव्य सेक्युरिटिज
  • अक्सफोर्ड सेक्युरिटिज
  • कोहिनुर इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज

भारतको डिअन ग्लोबल सोलुसनको टीएमएस चलाउने ब्रोकर

  • नासा सेक्युरिटिज