१. शारीरिक तनाव

शल्यक्रिया गरेको अवस्था, दुर्घटना, गम्भीर बिरामी अथवा सामान्य रुघा नै किन नहोस्, कपाल झर्छ । तर, यस्तो अवस्थाको कपाल झराई अस्थायी किसिमको हुन्छ । कपाल झर्ने यस्तो अवस्थालाई ‘टेलागेन इफ्लुभियम’ भनिन्छ । कपालको एउटा निश्चित चक्र हुन्छ : बढ्ने चरण, स्थिर भएर बस्ने चरण र झर्ने चरण । न्युयोर्कका छालारोग विशेषज्ञ डा. मार्क ग्लासोफर भन्छन्, ‘जब तपाईं साँच्चिकै तनावमा हुनुहुन्छ भने यसले कपालको चक्रलाई असर गर्छ र झर्ने अवस्थामा पुग्छ ।’ गम्भीर अवस्थाको तीन देखि ६ महिनासम्म कपाल झर्छ ।

२. गर्भधारणका बेला

गर्भधारणको अवस्थामा पनि एक किसिमको शारीरिक तनावको अवस्था हो । यस्तो अवस्थामा पनि कपाल झर्छ । डाक्टरहरुका अनुसार यो सामान्य हो र यसरी झरेको कपाल केही महिनामै पलाउँछ ।

३. बढी भिटामिन सेवनका कारण

अत्यधिक मात्रामा भिटामिन सेवन र बढी औषधि सेवनले पनि कपाल झर्छ । वयस्क व्यक्तिका लागि दैनिक भिटामिनको डोज ५ हजार इन्टरनेशनल युनिट र ४ वर्षभन्दा माथिका बालबालिकाका लागि दैनिक २५ सय देखि १० हजार इन्टरनेशनल युनिट दिनसकिन्छ । तर, भिटामिन एको सेवन कम ग¥यो भने कपाल झर्न रोकिन्छ ।

४. प्रोटिनको अभाव

अमेरिकन एकेडेमी अफ डर्माटोलोजीका अनुसार यदि आवश्यक भएजति पनि प्रोटिन शरीरले नपाउने हो भने कपाल झर्न थाल्छ । प्रोटिनको कमी भएको दुई देखि तीन महिनाबाट कपाल झर्ने समस्या देखिन थाल्छ । त्यसैले माछा, मासु, अण्डाजस्ता बढी प्रोटिन पाइने खाद्यपदार्थ खानुपर्छ ।

५. पुरुषको तालुखुईलेपन

तीनमध्ये दुई जना मानिसको ६० वर्षसम्ममा तालु खुईलन्छ । यसमा जिन र पुरुष हर्मोनले मुख्य भूमिका खेलेका हुन्छन् । कपाल झर्ने यस्तो अवस्था रोक्न केही मल्हम पाइन्छन् भने कपाल रोप्न कस्मेटिक सर्जरी पनि गर्न सकिन्छ ।

६. वंशाणुगत

पुरुषमा तालु खुईलने समस्याजस्तै महिलामा पनि त्यस्तै समस्या पाइन्छ । यसलाई ‘एन्ड्रोजेनिक एलोपेसिया’ भनिन्छ । निश्चित उमेर पुगेपछि कपाल खुईलने समस्या भएका परिवारबाट आएका महिलमा यस्तो खतरा रहन्छ ।

७. मानसिक तनाव

शारीरिक तनावमा जत्तिकै नभएपनि मानसिक तनावका कारण पनि कपाल झर्ने हुन्छ । कहिलेकाही सम्बन्धविच्छेद भएका, आफ्ना प्रियजनको मृत्यु भएका व्यक्तिहरुमा मानसिक तनाव देखिन्छ । त्यस्ता व्यक्तिमा कपाल झर्ने सम्भावना बढी हुन्छ ।

८. एनिमिया

एक तथ्यांकअनुसार २० देखि ४९ वर्ष उमेरसमूहका १० महिलामध्ये एक महिला शरीरमा आइरनको कमीका कारण एनिमियाबाट पीडित भएको पाइन्छ । यसका कारण कपाल झर्ने सम्भावना हुन्छ । एनिमिया भए–नभएको पत्ता लगाउँन डाक्टरहरुले रगत परीक्षण गर्छन् । आइरनको कमीका कारण कपाल झर्नेका अतिरिक्त बेहोसी, टाउको दुख्ने, आँखा धमिलो हुनेजस्ता समस्या देखा पर्छन् ।

९. हाइपोथाइरोडिजम

घाँटीमा भएको थाइराइड ग्लान्डले एक किसिमको हर्मोन उत्पादन गर्छ, जुन मेटाबोलिजम, वृद्धि र विकासका लागि गम्भीर मानिन्छ । जब यस्तो हर्मोन आवश्यकमात्रामा निस्कदैन, कपाल झर्न थाल्छ ।

१०. भिटामिन बीको कमी

अमेरिकाजस्ता देशमा एकदमै कम केश पाइएपनि भिटामिन बीको कमीका कारण पनि कपाल झर्ने समस्या हुन्छ । यसको समाधानका लागि भिटामिन बी पाइने खाद्य पदार्थहरु फलफुल, माछा, मासु, तरकारी प्रशस्त खानुपर्छ।

११. केमोथेरापी

क्यान्सरमा प्रयोग गरिने केमोथेरापीका कारण पनि कपाल झर्छ । चिकित्सकहरुले केमोथेरापीलाई ‘आणबिक बम’ भनेका छन् । यसले तीब्र रुपमा शरीरका क्यान्सरयुक्त कोषहरुलाई मार्नेकाम गर्छ ।  यसका साथसाथै कपालका कोषलाई पनि मार्ने काम गर्छ ।

१२. कपाललाई अनावश्यक स्टाइल दिँदा

कपाललाई सुन्दर बनाउँने नाममा अनावश्यक स्टाइल दिँदा, हेयर ट्रिटमेन्ट गर्दा पनि कपाल झर्छ । कपालमा प्रयोग गरिने अनेक प्रकारका रसायनहरुले पनि कपाल झर्न भूमिका खेल्न सक्छन् ।

-Swasthyakhabar