काठमाण्डौ । यो साता पनि दोस्रो बजारमा उच्च नाफा कमाउने कम्पनीहरुमा जलविद्युत कम्पनी नै परेका छन् ।
लगानीकर्ताहरुले लो क्याप भएका जलविद्युत कम्पनीहरुमा आकर्षण भएको देखिएको छ । जसअन्तगर्त जोशी जलविद्युत कम्पनीका लगानीकर्ताहरुले २१.८८ प्रतिशत नाफा कमाएका छन् ।
त्यसैगरी, दोस्रोमा आदर्श लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले पनि २१.८३ प्रतिशत कमाएका छन् ।
तेस्रोमा राधी जलविद्युत् कम्पनीका लगानीकर्ताहरुले १५.४२ प्रतिशत नाफा कमाएका छन् ।
त्यसैगरी चौथो नम्बरमा सपोर्ट माइक्रो फाइनान्सका लगानीकर्ताहरुले १४.३ प्रतिशत, पाँचौमा बरुण जलविद्युत कम्पनीका लगानीकर्ताहरुले १४ प्रतिशत कमाएका छन् ।
यस्तै, छैठौ नम्बरमा जानकी फाइनान्सका लगानीकर्ताहरुले १२.६७ प्रतिशत, सातौ नम्बरमा खानी खोला जलविद्युतका लगानीकर्ताले १२ प्रतिशत, न्यादी हाइड्रो पावरका लगानीकर्ताले ११.७१ प्रतिशत, नाग्दी पावर ग्रुपका लगानीकर्ताहरुले ११.१९ प्रतिशत तथा एचआइडीसीएल कम्पनीका लगानीकर्ताहरुले ११.१९ प्रतिशत नाफा कमाएका छन् ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19