Run For Million
काठमाण्डौ । किशोर अवस्था पार गरेपछि हरेकको सपना आलीसन महल र शानदार गाडीसँग जोडिएको हुन्छ । यही सपनालाई पूरा गर्न भन्दै धेरै मानिस विभिन्न कदम त उठाउँछन, तर सबै सफल हुँदैनन् । तर आफ्नो आम्दानी र खर्चको सही आँकलन तथा निकै राम्रो योजना बनाउन सक्नुभयो भने तपाईं केही वर्षमै करोडपति बन्न सक्नुहुन्छ । आज हामी विदेशी विज्ञ र एजेन्सीहरुको सहयोगमा बताउन गइरहेका छौ कि २० वर्षको उमेरमा यदि तपाईले तल दिइएको ११ कदम उठाउनुभयो भने तपार्ई ३० वर्षको उमेरमा सहजै करोडपति बन्न सक्नुहुन्छ ।
१. आम्दानीमा केन्द्रीत बन्नुहोस्
विश्वकै नाम चलेका अर्बपतिहरु समेत हिजोआज भन्छन् कि आफ्नो हालको स्टाटसलाई बचाइराख्न निकै कठीन छ, कारण विश्वका हरेक देशको अर्थतन्त्र चलायामान भइराख्छ । यही कारण विज्ञहरुको सुझाव अनुसार २० वर्षको उमेरमै व्यक्तिले आफ्नो आम्दानी बढाउने बिषयमा सोच्न थाल्नुपर्छ । मानौं, तपाईं २० वर्षको उमेरमा १५ हजार मासिक कमाउनुहुन्छ भने तपाईंले ३० वर्षको उमेरसम्ममा आफ्नो आम्दानीको ग्रोथमा ५ सय प्रतिशतको वृद्धि हासिल गर्नुपर्छ भनेर सोच्नुपर्छ । यसका लागि नोकरीको साथमा केही पार्टटाइम काम पनि गर्न सक्नुपर्छ । यस्ता कयौं उदाहरण छन्, धेरै मानिसले आफूलाई यसरी व्यवस्थित गरी आम्दानी बढाएका छन्, देखेको सपना पूरा गरेका छन् ।
२. आम्दानी बढाउन विविध क्षेत्रमा काम गर्नुहोस्
थोमस सी कार्लले आफ्नो किताबमा लेखेका छन् कि उनले ५ वर्षसम्म एकजना करोडपतिमाथि रिसर्च गरे । यो क्रममा आम्दानी बढाउन यदि कुनै पनि व्यक्तिले विविध क्षेत्रमा काम गर्न सुरु गर्यो भने त्यो व्यक्ति आरामका साथ ३० वर्षको उमेरमा करोडपति बन्नसक्छ । थोमसको भनाईमा यसका लागि कुनै पनि व्यक्तिले रियल स्टेट र स्टक मार्केटमा पार्टटाइम समय दिएर समेत राम्रो आम्दानी गर्नसक्छ ।
३. पहिला बचत,अनि लगानी
विज्ञका अनुसार आफ्नो आम्दानीको एक ठूलो हिस्सा बचत गर्नुपर्छ र त्यसैलाई भविष्यमा लगानी गर्नुपर्छ । यसका लागि सही फाइनान्सियल योजना अत्यावश्यक हुन्छ । एउटा अलग्गै बैंक खाता खोल्नुहोस् र त्यहाँ नियमित रुपमा आफ्नो कमाईको हिस्सा जम्मा गर्नुहोस्, इमरजेन्सी हुँदा समेत सकेसम्म त्यो खातामा जम्मा भएको रकम नचलाउनुहोस् । विश्वका चर्चित इन्भेस्टर्स वारेन बाफेको भनाईमा धेरै पैसा कमाउनका लागि आफ्नो आयको ठूलै हिस्सा लगानीमा लगाउन आवश्यक छ । अहिलेको समयमा लगानीका लागि इ–प्लेटफर्मले पनि अझ बढी सहजता थपिदिएको छ ।
४. सही निर्णय जरुरी
लेखक टकर ह्यूजको भनाईमा कम उमेरमा सही निर्णय लिनु एकदमै आवश्यक हुन्छ । २० वर्षको उमेरमा प्राय कोही पनि फाइनान्सियल प्लानिङको बिषयमा सोच्दैन । तर यो उमेर यति महत्वपूर्ण हो, जुन समय तपाई धेरै रकम बचत गरेर धेरै आम्दानी गर्ने बाटो खोल्न सक्नुहुन्छ । त्यसकारण समयमै सही निर्णय लिन जरुरी हुन्छ ।
५. देखासिकीबाट बच्नुहोस्
कुनै बेला विश्वकै सबैभन्दा ठूला लगानीकर्ता वारेन बाफेले भनेका थिए कि उनले आफ्ना लागि पहिलो सुविधासम्पन्न कार घडीको व्यापारी बनेपछि मात्र खरीद गरेका थिए । यसको अर्थ स्पष्ट छ कि सानो उमेरमा देखासिकीबाट बच्नुपर्छ र लग्जरी आइटमतर्फ धेरै खर्च गर्नुहुँदैन ।
६. पैसाको बिषयमा सोच बदल्नुहोस्
धनी बन्नका लागि पहिला तपाईंमा रहेको पैसाप्रतिको धारणा परिवर्तन गर्न जरुरी हुन्छ । यदि तपाईंले पैसा कमाउने सोच्नु भयो भने मात्र वास्तवमै पैसा कमाउन सक्नुहुन्छ । आफ्नै प्रयासमा करोडपति बनेका स्टीव सिबोल्डको भनाईमा ठूलो रकम कमाउने ठूलो सिक्रेट केही पनि हुन्न । धेरै कमाउँछु, मैले कमाउनुछ भन्ने सोच्नुहोस्, र व्यवस्थित भएर अगाडि बढ्नुहोस्, तपार्इंलाई करोडपति बन्न कसैले र केही पनि रोक्न सक्दैन ।
विज्ञका अनुसार आफ्नो आम्दानीको एक ठूलो हिस्सा बचत गर्नुपर्छ र त्यसैलाई भविष्यमा लगानी गर्नुपर्छ । यसका लागि सही फाइनान्सियल योजना अत्यावश्यक हुन्छ । एउटा अलग्गै बैंक खाता खोल्नुहोस् र त्यहाँ नियमित रुपमा आफ्नो कमाईको हिस्सा जम्मा गर्नुहोस्, इमरजेन्सी हुँदा समेत सकेसम्म त्यो खातामा जम्मा भएको रकम नचलाउनुहोस् ।
७. आफूप्रति पूर्ण भरोसा
लेखक ह्यूजको भनाईमा आफूप्रति पूर्ण भरोसा राख्नु निकै जरुरी हुन्छ । जुन क्षेत्रमा तपाईं काम गरिरहनुभएको छ वा जुन क्षेत्रमा लगानी गरेर पैसा कमाउन खोजिरहनुभएको छ, त्यो बिषयमा पूर्ण ज्ञान हुन जरुरी छ । यसका लागि हरेक दिन आफ्नो फिल्डसँग सम्बन्धित बिषयमा कम्तीमा ३० मिनेट अध्ययन गर्न जरुरी हुन्छ । अहिलेको समयमा विश्वका सबैभन्दा ठूला लगानीकर्ताको रुपमा चिनिएका वारेन बाफे समेत दैनिक केही घण्टा पढ्छन् ।
८. समयलाई सधैं ध्यान राख्नुहोस्
सीबोल्डका अनुसार आफ्नै प्रयासमा करोडपति भएका सफल मानिसहरु समयको बिषयमा निकै गम्भीर हुन्छन् । उनीहरु समयमा हेलचेक्र्याईं गर्दैनन् । यसकारण राम्रो सम्पत्ति कमाउनका लागि समय तालिका बनाएर व्यवस्थित ढंगले काम गर्न जरुरी हुन्छ ।
९. लक्ष्य बनाएर कदम उठाउनुहोस्
सानो उमेरमा राम्रो रकम जम्मा गर्नका लागि(धेरै कमाउनका लागि) आफ्नो स्पष्ट लक्ष्य तय गर्न जरुरी हुन्छ । साथै, आफ्नो लक्ष्य र त्यसलाई प्राप्त गर्ने रणनीतिको बिषयमा पूरा योजना तयार गर्नु श्रेयस्कर हुन्छ । साथै, समय–समयमा आँकलन गरेर आफ्नो रणनीतिमा परिवर्तन समेत गरिरहनुपर्ने हुन्छ ।
१०. क्षमतावानसँग मात्र संगत
लेखक एन्डूज कार्नेजका अनुसार धनी बन्नका लागि निकै नै महत्वपूर्ण हुन्छ कि तपाईंको संगत । अर्थात, तपाईंले सधैं ट्यालेन्टहरुसँग मात्र संगत गर्नुपर्छ । यस्तो संगतबाट तपाईंलाई उनीहरुको नयाँ–नयाँ आइडिया प्राप्त हुन्छ र तपाईं आफूलाई अगाडि बढ्न यस्तो संगतबाट निकै ठूलो प्रेरणा प्राप्त हुन्छ ।
११. एकहजार होइन, लाख सोच्नुहोस्
राम्रो पैसा कमाउनका लागि तपाईंले हजार रुपैयाँ कमाउने बिषयमा सोच्ने होइन कि म लाख रुपैयाँ कमाउँछु भनेर सोच्नुपर्छ । विश्वमा पैसाको कमी होइन, कमाउनेहरुको चाहि कमी छ । यहीकारण पनि करोडपति र लखपतिहरुलाई तपाईं औंलामा गन्न सक्नुहुन्छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19